मोटोपना घटाउदै गर्दा जान्नै पर्ने केही महत्वपूर्ण कुराहरु

डा प्रकाशराज रेग्मी (बरिष्ठ मुटुरोग विशेषज्ञ)
डा प्रकाशराज रेग्मी
(बरिष्ठ मुटुरोग विशेषज्ञ)

१) भोकै बसेर चाँडो तौल घटाउने प्रयास गर्नु हुँदैन । यसबाट विभिन्न विकृतिहरू उत्पन्न हुन सक्छन् । हप्ताको आधा देखि १ किलो ग्राम भन्दा बढी तौल घटाउनु उपयुक्त हुँदैन ।

२) उसिनेको खाना मात्र खानु पर्छ भन्ने गलत धारणा राख्नु हुँदैन । स्वादका लागि केही मरमसलाहरू प्रयोग गरि खाद्य पदार्थलाई स्वादिष्ट बनाउन सकिन्छ । नूनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ ।

३) बिहान बेलुकीको मूख्य खानाको सुरूवात सूपबाट गर्नु उत्तम हुन्छ । सूप खाएपछि पेट चाँडै भरिन्छ । अरू खाद्य पदार्थ कम खाइन्छ । सूपमा चिल्लो भने हाल्नु हुँदैन । कुनै पनि खाद्य पदार्थलाई राम्रोसँग चपाएर झोल बनेपछि मात्र निल्नु वेश हुन्छ ।weight loss

४) दैनिक ३–४ पल्टभन्दा बढी खाना खानु हुँदैन । सधैं नियमित रूपले निश्चित मात्रामा खाद्य पदार्थको प्रयोग गर्नु पर्छ । एकैपल्ट धेरै खाना खानु उचित हुँदैन ।

५) भोकको अनुभूति भैरहेमा अति कम क्यालोरी दिने खाद्य पदार्थहरू जस्तै गाजर, काँक्रो, कागतीको सर्वत आदि प्रयोग गर्न सकिन्छ ।

६) बेलुकाको खाना (डिनर) अलि सबेरै, बेलुका ७ बजेभित्र खानु उपयुक्त हुन्छ । खाना खाने बित्तिकै सुत्नु हानिकारक हुन्छ ।

७) तौल घटाउनका लागि उचित व्यायाम पनि खाना जत्तिकै महत्वपूर्ण छ । त्यसकारण बिहान सबेरै हिँड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नु पर्छ । व्यायाम सकेपछि नियमित स्नान गर्नु पर्दछ । यसले शरीरलाई स्वच्छ र फूर्तिलो बनाउँदछ । योगासन र प्राणायामबाट पनि तौल घटाउन सकिन्छ ।

८) डाईटिङ्ग शुरू गरेको १–२ हप्ता सम्म छटपटी लाग्ने, मीठो, अत्याधिक क्यालोरी दिने खाद्य पदार्थ खान मन लाग्ने, निद्रा नपर्ने, पेट पोल्ने, अमिल्चूकि आउने आदि लक्षणहरू देखा पर्न सक्दछन् । यी लक्षणहरूलाई आत्मबलले दवाउनु पर्दछ ।

तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याहरूलाई सजिलै निराकरण गर्न सकिन्छ । पेटभित्रको अम्ललाई प्रशस्त पानी पिएर जित्न सकिन्छ । आवश्यक परे एसिडिटी घटाउने औषधी सेवन गरे हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *