नेपालमै पढेका चिकित्सक सबैभन्दा धेरै, दोस्रोमा चीन, तेस्रोमा भारत

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलबाट चिकित्सा दर्ता प्रमाणपत्र (लाइसेन्स) लिएका १७ हजार ३२१ मध्ये अधिकांश चिकित्सक नेपालमै अध्ययन गरेको भेटिएको छ । दोस्रो बढि चीन र तेस्रो बढी भारतमा अध्ययन गर्नेवाला छन् ।

नेपाल चिकित्सक संघले तयार पारेको नयाँ एप्सबाट सो कुरा जानकारीमा आएको हो । यद्धपी संघको एप्समा हालसम्म स्वदेश तथा विदेशमा रहेका १३ हजार ५१० जना नेपाली चिकित्सक समेटिएका छन् । बाँकी समेटिनेक्रममा छन् ।

झण्डै १३ महिना लगाएर साढे १३ हजार चिकित्सकको विवरण एप्समा दर्ता गर्दा नेपालबाट ग्राजुएसन गर्नेको संख्या ५ हजार ६९९ जना, चीनबाट २१८३ जना, भारतबाट १८२६ जना, बंगलादेशबाट १३०० जना , रसियाबाट ८८० जना र फिलिपिन्सबाट ११२ जना रहेको पाइएको छ ।

२००७ साल फागुन २० देखी २०७२ साल ३ चैत सम्मको चिकित्सक विवरण समेटेएिको सो एप्समा २७७९ विशेषज्ञ रहेको छ । संघले बाँकी ३८११ चिकित्सकको विबरण छिटै दर्ता गर्ने बताएको छ ।

एप्सबारे जानकारी दिन आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले राज्यसंग समेत आधिकारिक जानकारी नभएकोअवस्थामा संघले देश विदेशमा भएका डाक्टरहरुको यथार्थ विवरण ल्याउने प्रयास गरेको बताए । उनले छुटेका डाक्टरहरुको समेत छिटै खोजपड्ताल गर्ने जानकारी दिए ।

एप्स बनाउन प्राविधिक सहयोग गरेका हेल्थ कन्र्सनका डा. सुवास प्याकुरेलले एप्स चिकित्सकको बिबरण मात्रै नभई रोग तथा समस्याबारे छलफल गर्ने फोरम समेत भएको बताए । उनले चिकित्सा क्षेत्रका समाचार, जानकारी, समस्या समाधान, लगायतका पिचर्सहरु रहेको बताए । उनले एप्समा अझै धेरै फिचर्सहरु थपिनसक्ने समेत जानकारी दिए ।

संघको एनएमए नाम दिइएको यो एप्स हाल एन्ड्रोइट भर्सनमा सजिलै डाउनलोड गर्न सकिन्छ भने आईफोनमा पनि अव केही दिनमै डाउनलोड गर्न सकिने छ ।

धेरै नेपाली चिकित्सकले अध्ययन गरेका देशहरु 

nma

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *