दुर्गमका सुत्केरीको अवस्था सम्झेर मञ्चमै रोईन् राष्ट्रपति !

IMG_20160411_111505

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन मन्तव्य दिने क्रममा राष्ट्रपति विद्यादेबी भण्डारी एक्कासी भावुक भएकी छन् । सोमबार (आज) राष्ट्रिय सभागृहमा सम्मेलनको उद्घाटन पछि लिखित मन्तव्य दिने क्रममा उनी भावुक भएकी हुन् ।

राष्ट्रपति भण्डारीले  लिखित मन्तव्य पढ्नेक्रममा दुर्गम दुर्गम क्षेत्रका महिला सुरक्षीत तवरले सुत्केरी हुन नसकेको , सुत्केरी भएपछि साल नाल ननिस्केर मृत्युबरण गर्न पुग्नुपर्ने अवस्था रहेको छ भन्दै गर्दा उनी एक्कासी भावुक बनिन् ।

त्यसपछि एकछिन सम्हालिएर उनले बाँकि लिखित मन्तव्यसिध्याएकी थिइन् । सो क्रममा उनले चिकित्सा क्षेत्रमा युगन्तकारी परिवर्तन भएपनि त्यो आम सर्वसाधारणको पहुचमा नभएको, आधारभुत स्वास्थ्य सेवा आम सर्वसाधारणको हक भएपनि त्यो समेत प्राप्त नभएको भन्दै राज्यका सम्वन्धीत निकायले त्यसको यथासक्य कार्यान्वयन गर्नुपर्ने बताइन् । उनले स्वास्थ्य सेवा आम नेपालीका महंगो र टाढाको भन्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिइन् ।

त्यसअघि बोल्दै स्वास्थ्य मन्त्री रामजनम चौधरीले स्वास्थ्यमा अनुसन्धान गर्नुपर्ने र त्यसले दिएको सुझावका आधारमा स्वास्थ्य नीति बनाउनुपर्नेमा बजेट अभावमा त्यो हुन नसकेको बताए । उनले धेरैजसो रोग कृषिबालिमा छरिने विसादीका कारण भित्रने गरेको भन्दै कृषिमा समेत अनुसन्धान हुनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवाराज खतिवडाले बालमृत्युदर शिशुमृत्युदरमा सफलता हात परेको भएपनि अझ धेरै अप्ठयाराहरु बाँकी रहेको बताए । उनले संविधान र कानूनले आम जनताको पहुचमा स्वास्थ्य सेवा पुरयाउने भनिएपनि त्यो हुन नसकेको बताए । डा. खतिवडाले स्वास्थ्यमा ५ ६ प्रतिशतको बजेट हुने गरेकोमा केही समयमै त्यो बढाएर ८ प्रतिशत सम्म पुरयाउने तयारी भएको बताए ।

परिषदका अध्यक्ष डा. कृष्ण अधिकारीले सन् २००४ मा मेक्सिकोमा भएको स्वास्थ्य मन्त्रीस्तरीय सम्मेलनले स्वास्थ्यको कम्तिमा २ प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुपर्ने निर्णय गरेको र त्यसमा नेपालले समेत हस्ताक्षर गरेको भएपनि अझै कार्यान्वनय नभएको गुनासो गरे । उनले यसका बावजुत परिषदले बर्षमा हजारौलाई अनुसन्धान सम्वन्धी तालिम दिने, सयौँ अनुसन्धानका लागि इथिकल एफ्रुभल दिने काम भएको बताए ।

परिषद्का सदस्य सचिव डा. खेम कार्कीले स्वास्थ्य अनुसन्धानको लागि वितेका २५ बर्षमा राज्यको तर्फबाट मात्रै ३२ करोड प्राप्त भउको भन्दै स्वास्थ्य जस्तो गम्भीर विषयमा अनुसन्धान गर्ने कार्यलाई प्राथमिकतामा नपारिनु दुखत भएको बताए । उनले सिमित बजेटका बावजुत परिषद्ले पछिल्ला दिनमा अनुसन्धानलाई प्रभावकारी ढंगले अघि बढाएको दावी गरे ।

मंगलबारसम्म चल्ने सम्मेलनमा स्वदेश तथा विदेशका गरी ६ सय बढी बैज्ञानिकको सहभागीता रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *