स्वास्थ्य बैज्ञानिकहरुको दोस्रो शिखर सम्मेलनको उद्घाटन राष्ट्रपतिबाट हुँदै

nhrc confrenceकाठमाडौँ – अनौपचारिक कार्यक्रम हिजो देखी नै सुरु भएपनि स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको दोस्रो राष्ट्रिय शिखर सम्मेलनको औपचारिक शुभारम्भ भने आज हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले विहान ११ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा पुगेर सम्मेलनको औपचारिक शुभारम्भ गर्ने छिन् । यद्धपी उद्घाटन पछिको प्रस्तुति तथा छलफल भने बबरमहलस्थित कार्की बेङक्वेटमा नै हुनेछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो रजत जयन्तीको अवसर समेत पारेर आयोजना गरेको सम्मेलनमा स्वदेश तथा विदेशका ६ सय बढी स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरु सहभागी भएका छन् ।

‘दिगो विकास प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या अनुसन्धान’ भन्ने नारा तय गरिएको उक्त सम्मेलन आगामी मंगलबारसम्म चल्नेछ । सो अवधीसम्म स्वदेशी तथा विदेशी बैज्ञानिकहरुको करीब ४ दर्जन मौखिक प्रस्तुति हुनेछ भने ८ दर्जन बढी पोष्टर प्रस्तुतिको रहने छ ।

परिषद्का सदस्य सचिव डा. खेमबहादुर कार्कीले आज विहान ११ देखी १२ बजेसम्म उद्घाटन समारोह चल्ने बताए । उनले त्यसपछिको प्रस्तुति तथा छलफल भने बबरमहलस्थित कार्की बेङक्वेटमै हुने जानकारी दिए । भिभिआईपी सुरक्षालाई ध्यान दिएर उदघाटन कार्यक्रम राष्ट्रिय सभागृहमा राखिएको उनले स्पष्ट पारे ।

परिषद्का अध्यक्ष डा. कृष्ण अधिकारीले युवा बैज्ञानिकहरुलाई प्रोत्साहन गर्न गतवर्ष देखी यस्तो खालको शिखर सम्मेलन गर्न थालिएको बताए । ‘हाम्रो काम नै स्वास्थ्यका विषयमा अनुसन्धान तथा खोज गर्नु गर्न लगाउनु र त्यसलाई बैज्ञानिकता प्रदान गर्नु हो । देशभर विभिन्न बैज्ञानिकहरुले खोज तथा अनुसन्धान गरिरहेका छन् । तर ती राम्ररी बाहिर आउन सकेका छैनन् । यस्ता सम्मेलनको माध्यमबाट ती लुकेका अनुसन्धान तथा खोजलाई समेत बाहिर ल्याउने हो,’ उनले भने ।

सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा भएका महत्वपूर्ण खोज तथा अनुसन्धानहरु यो सम्मेलनमा प्रस्तुत गरिनेछ । विशेषगरी स्वास्थ्य सेवाका कुरा हुनसक्छन्, सरुवा रोग, नसर्ने रोग, नवजात तथा बाल रोगहरु, मातृ स्वास्थ्य, मानव संसाधन, स्वास्थ्य नीति, यौन तथा प्रजनन्, पोषण, खाद्य सुरक्षा,, शहरी स्वास्थ्य लगायतका थुप्रै विषयहरु समेटिएका छन् ।

उद्घाटन समारोहको विहान ११ बजे देखि एभिन्युज टेलिभिजनबाट समेत प्रत्यक्ष प्रशारण हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *