युरोकोन-२०१६ सम्मेलन सम्पन्न

UROCON_2016

काठमाडौँ –  नेपाल एसोसिएसन अफ युरोलोजिकल सर्जन्सको आयोजनामा राजधानीमा जारी युरोकन सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनको प्रि कन्फ्रेन्स लाईभ अपरेटिभ वर्कशप गत बिहीवार राजधानीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा गरेर शुरु भएको तीनदिने सम्मेलनको बाँकी दुईदिनमा ३१ वटा बैज्ञानिक कार्यपत्रहरुमाथि छलफल गरिएको थियो ।

युरोकोनका साइन्टिफिक चेयरम्यान तथा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका युरोलोजि बिभागका प्रमुख प्राडा प्रेमराज ज्ञवालीले सम्मेलन अत्यन्त सफल र उपलब्धिमुलक भएको बताए । उनले युलोजीसँग सम्बन्धित कुनैपनि उपचारकालागि बिदेश जानुपर्ने बाध्यता नरहेको र विश्वस्तरको उच्च प्रबिधिबाट हुने कुनैपनि उपचार अब नेपालमा नै सम्भव रहेको समेत दाबी गरे ।

युरोसर्जरीको क्षेत्रमा हाँसिल भएका पछिल्ला प्रविधिहरुको बारेमा नयाँ पुस्ताका सर्जनहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको लाईभ अपरेटिभ वर्कशपमा बरिष्ठ युरोसर्जन प्राडा ज्ञवाली, भारतबाट आएका युरोसर्जन डा. कान्दर्भ पारिख र डा. प्रभाकर मुनीअप्पन र चीनबाट आएका युरोसर्जन प्राडा चुन सियाओ लीउले ६ वटा शल्यकृया गरेका थिए ।

हरेक दुइबर्षमा हुने सम्मेलनमा यसबर्ष नेपाल, भारत, चीन, कुवेत, सिंगापुर र न्यूजिल्यान्डका १५० जनाभन्दा बढी युरो सर्जनहरुको सहभागिता रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *