स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको दोस्रो शिखर सम्मेलन आजबाट सुरु

DSC00462

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट राजधानीमा सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको उक्त सम्मेलनमा देश भित्र र बाहिरका गरी ६ सय बढी स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको उपस्थिति रहेको छ ।

परिषद्ले आफ्नो रतज बर्ष अर्थात २५ औ बर्ष पुरा गरि २६औँ बर्षमा प्रवेश गरेको अवसरमा तीन दिने सम्मेलनको आयोजना गरेको हो । यद्धपी सम्मेलनको औपचारिक उदघाटन भने सोमबार राष्ट्रिय सभागृहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने बताइएको छ ।

‘दिगो विकास प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या अनुसन्धान’ भन्ने नारा तय गरिएको यो सम्मेलनमा ४ दर्जन अनुसन्धानमुलक कार्यहरुको मौखिक प्रस्तुति हुनेछन् । त्यस्तै ८ दर्जन बढी पोस्टर प्रस्तुति गरिने छ ।

परिषका सदस्यसचिव डा. खेमबहादुर कार्कीका अनुसार स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा भएका महत्वपूर्ण खोज तथा अनुसन्धानहरु यो सम्मेलनमा प्रस्तुत गरिनेछ ।

‘विशेषगरी स्वास्थ्य सेवाका कुरा हुनसक्छन्, सरुवा रोग, नसर्ने रोग, नवजात तथा बाल रोगहरु, मातृ स्वास्थ्य, मानव संसाधन, स्वास्थ्य नीति, यौन तथा प्रजनन्, पोषण, खाद्य सुरक्षा,, शहरी स्वास्थ्य लगायतका थुप्रै विषयहरु समेटिन्छन्,’ सम्मेलन पूर्वको ‘मिडिया व्रिफिङ’मा डा. कार्कीले भने, ‘यसले नेपालको स्वास्थ्य तथा जनसंख्याको अवस्था बारे महत्वपूर्ण जानकारी दिनेछ ।’

परिषदका अध्यक्ष डा. कृष्ण अधिकारीले नेपालका युवा बैज्ञानिकहरुलाई खोज तथा अनुसन्धानमा उत्प्रेरित गर्न सम्मेलनको आयोजना गरिएको बताए । ‘धेरै अनुसन्धानहरु भएका छन् । तर ती बाहिर आएका छैनन् । ठाँउमा पुगेका छैनन् । कतिपयले यस्तो अवसर नै पाएका छैनन र थिएनन् । यो सम्मेलन आयोजना गर्दा ती सबै अनुसन्धान उजागर हुनेछ,’ डा. अधिकारीले भने ।

सदस्यसचिव डा. कार्कीले गतवर्ष भएको सम्मेलनको तुलनामा बैज्ञानिकहरुको उपस्थिति र प्रस्तुति यसबर्ष बढेको बताए । गत वर्षको सम्मेलन पछि सम्मेलनमा प्रस्तुति गर्न पाइन्छ भनेपछि इथिकल बोर्डमा दर्ता भई स्वीकृति लिने क्रम बढेको छ । डा. कार्कीले भने, ‘यसले अनुसन्धानलाई स्तरीय बनाएको छ भने परिषदबाट उठने राजश्वमा समेत झण्डै दोव्बर बृद्धि भएको छ ।’

कार्यपत्रको समापनमा कम्तिमा ९ जना उत्कृष्ठ बैज्ञानिकहरुलाई अवार्डद्धारा सम्मान गरिने कार्यक्रम रहेको कार्कीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *