डाक्टरसंग फुटवल खेल्न धरान जाँदै अंग प्रत्यारोपितहरु

फाइल फोटो
फाइल फोटो

काठमाडौँ – सातौँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता आगामी १ बैशाखमा धरानमा हुने भएको छ । विपी कोइराला स्वास्थ्य प्रतिष्ठानको प्रांङ्गणमा हुने उक्त प्रतियोगितामा अंग प्रत्यारोपण गरेका व्यक्ति र डाक्टर, नर्स पत्रकार अन्य व्यक्तिबीच मैत्रीपूर्ण फुटवल, प्रत्यारोपीतबीच व्याडमिन्टन तथा प्रत्यारोपित र अंगदाताबीच दौड प्रतियोगिता हुने भएको छ ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठान पुल्चोकको संयुक्त आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा भाग लिनका लागि काठमाडौँबाट सोमबार डेढ सय बढी मिर्गौला प्रत्यारोपित र अंगदान दिएका व्यक्ति धरान जादैछन् ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अङ्ग प्रत्यारोपण गरिएका व्यक्ति हरेक प्रकारबाट स्वस्थ हुन्छन् भन्ने सन्देश दिनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । उनले मैत्रीपूर्ण फुटवलमा एकतर्फ अङ्ग प्रत्यारोपण गरिएका व्यक्तिको समूह र अर्कोतर्फ डाक्टर, नर्स, पत्रकार, कलाकार, नेता लगायतका विभिन्न तहका व्यक्तिबीच खेल हुने जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत चैत ३० गते अङ्ग प्रत्यारोपणसम्बन्धी जनचेतनामूलक ¥याली र अन्तरक्रियाको आयोजना गर्ने भएको छ ।
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा विजयी हुने समूहमध्येका दुईजनालाई आगामी २०१७ मा स्पेनको मालागामा हुने अन्तर्रा्ष्ट्रिय प्रत्यारोपण खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर दिइने भएको डा. श्रेष्ठले जानकारी दिए ।

यसप्रकारको प्रतियोगिता यसअघि काठमाडौँमा चारपटक, पोखरा र बुटवलमा एक एक पटक आयोजना गरिसकिएको छ । प्रतियोगितालाई धरानस्थित प्रतिष्ठान, धरान उद्योग वाणिज्य सङ्घ, रोटरी क्लब अफ धरानलगायत बिभिन्न संस्थाले सहयोग गर्ने भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *