दर्जनबढी उपचारमा विपन्नलाई सुविधा, ८ लाख बढी मिर्गौलामा बाँकी सबमा १-१ लाख

MoHP-Nepalकाठमाडौँ – सरकारले आर्थिक रुपमा विपन्न नागरिकका लागि दर्जन बढी नसर्ने, जटिल तथा खर्चालु रोगको उपचारमा उपचारमा आर्थिक सहयोग पुरयाउदै आएको छ ।

सो सहयोग लिन सरकारले विपन्नकोषबाट उपचार गर्ने गरी लागि स्वीकृति प्रदान गरेका अस्पतालमा मात्रै सम्भव हुन्छ ।

स्वास्थ्य मन्त्रालय विपन्न नागरिक औषधि उपचार कोष सचिवालयका अनुसार तोकिएका रोगका लागि दिइने आर्थिक रकम मिर्गौला प्रत्यारोपण पछि औषधि खरीदका लागि बाहेक सिधै अस्पतालको खातामा जानेछ ।

मिर्गौलाको प्रत्यारोपण पछि भने कोषले बिलका आधारमा एक लाख रुपैयाँ औषधि खरीदका लागि भन्दै व्यक्तिको खातामा जम्मा गर्दिन्छ ।

सबैभन्दा बढी मृगौला रोगको उपचारमा

सरकारले मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिक्कलसेल एनिमिया लगायत विभिन्न रोगका दर्जनबढी समस्यामा उपचार सहुलियत दिने गरेको छ ।

ती मध्ये मृगौला रोगमा सबैभन्दा बढी अर्थात ८ लाख २० हजार रुपैया बराबरको उपचार सहुलियत दिने गरेको छ । सचिवालयका जनस्वास्थ्य अधिकृत दयाराम न्यौपानेका अनुसार मिर्गौला फेल भएको खण्डमा २ बर्षसम्म अर्थात १०४ हप्ता सम्म हप्ताको दुई पटकको दरले गरी २०८ पटक डायलासिस सुविधा दिएको छ ।

जसको खर्च प्रति डायलासिस २ हजार पाँच सयका दरले ५ लाख २० हजार पर्न आँउछ । त्यसबाहेक प्रत्यारोपण गर्दा २ लाख रुपैयाँ थप सहयोग हुन्छ भने प्रत्यारोपण पश्चात एक लाख औषधि खर्चका लागि दिने गरेको छ ।

ती बाहेक मुटु, क्यान्सर, अल्जाइमर्स, पार्किन्सस, हेड इन्जुरी तथा स्पाइनल इन्जुरी, सिक्कलसेल एनिमिया जस्ता रोगका लागि तोकिएको अस्पतालमा उपचार गर्न एक लाख रुपैयाँ बराबरको सहुलियत दिदै आएको छ ।

यी रोग लागेका व्यक्तिले जिल्ला जनस्वास्थ्य कार्यालयबाट विपन्नको सिफारिस लिएर आएपछि तोकिएको अस्पतालमा उपचारको प्रकृया अघि बढछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *