उच्च प्रोटिनयुक्त खानाका कारण युरिक एसिडको समस्या बढ्दो

alka hospital

ललितपुर –  उच्च प्रोटिनयुक्त खाना र मदिराको नियमित सेवनका कारण धेरै जसो व्यक्तिमा युरिक एशिड र बाथ रोगको समस्या देखिएको छ ।

जावलाखेलस्थित अल्का अस्पतालले आयोजना गरेको निशुल्क बाथ रोगसम्वन्धी शिबिरमा सहभागी झण्डै ६ सय बिरामीको स्वास्थ्य परीक्षण गर्दा अधिकांसमा युरिक एशिडको समस्या देखिएको हो ।

उनीहरु मध्ये अधिकांसले उच्च प्रोटिनयुक्त खाना खाने गरेको र कतिपयले नियमित मदिरा सेवन गर्ने गरेको बताएको उपचार संलग्न बाथरोग बिशेषज्ञ डा. अरुण गुप्ताले बताए । उनले विगतमा आवश्यकता भन्दा बढी शारिरीक व्याम गरेका र उचाई अनुसार तौल कायम हुन नसकेका व्यक्तिहरुमा पनि युरिक एशिड र बाथको समस्या देखिएको जानकारी दिए ।

शिबिरमा धेरै जसो हड्डी खिएर हुने बाथ, कम्मर दुख्ने, घुँडाका जोर्निहरु दुख्ने बाथका बिरामी सहभागी भएका थिए । त्यस्तै कपाल झर्ने र हात मुखमा घाँउ हुने जस्ता समस्या भएका विरामीले समेत सिविरमा पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।

प्राम्भिक चरणमा बाथ रोगसम्बन्धी जानकारी नभएकै कारण उपचार प्रक्रियामा आउन ढिलाई हुँदा कतिपय बिरामीमा बाथको गम्भिर समस्था देखा परेको बाथरोग बिशेषज्ञ डा.गुप्ताले बताए ।

त्यस्ता बिरामीको हात खुट्टा कुज्जिएको पाइएको थियो । ५ दिनसम्म चलेको निशुल्क शिबिरमा सहभागी बिरामीलाई आवश्यक ल्याव परीक्षण र औषधी समेत निशुल्क बितरण गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *