एमबीबीएस र बीडीएसमा नेपालकै विद्यार्थी उत्कृष्ठ ! तर नतिजा खस्कँदो

nmc

रामप्रसाद न्यौपाने/काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले गत १३ चैतमा लिएको चिकित्सा दर्ता प्रमाणपत्र अर्थात लाइसेन्स परीक्षामा सहभागी एमबीबीएस तर्फ १ हजार ४०१ जना मध्ये ९४३ जना (६७.३ प्रतिशत) मात्रै पास भए ।

त्यस्तै सोही दिन सञ्चालित बीडीएसको लाइसेन्स परीक्षामा सहभागी ११६ जना मध्ये ८८ जना (७५.९ प्रतिशत) उत्तीर्ण भए । तर ती उत्र्तीण हुनेहरु मध्ये कुन कुन देशमा पढेका विद्यार्थी थिए भन्ने धेरैलाई जानकारी नहुनसक्छ ।

नेपाल मेडिकल काउन्सिलका अनुसार सो परीक्षामा नेपाल सहित विश्वका १२ वटा देशका ९० वटा कलेजबाट एमबीबीएस उत्तीर्ण गरेर आएका विद्यार्थी सहभागी थिए ।

त्यस्तै नेपाल सहित चारवटा देशका २६ वटा कलेजमा बीडीएस अध्ययन गरी उत्तीर्ण विद्यार्थीहरु सहभागी थिए ।

एमबीबीएस र बीडीएसमा सबैभन्दा बढी विद्यार्थी नेपालका

MBBS copy

काउन्सिलका अनुसार यसपटकको लाइसेन्स परीक्षामा एमबीबीएस तर्फ सबैभन्दा बढी नेपालबाट उत्तीर्ण भएका विद्यार्थी सहभागी थिए ।

१५ वटा मेडिकल कलेज पढेका एक हजार ३७ जना विद्यार्थी सहभागी भएकोमा ७८४ जना (७५.६ प्रतिशत) पास भएका थिए । बीडीएस तर्फ पनि नेपालकै विद्यार्थी सबैभन्दा बढी सहभागी थिए ।

नेपालका चार वटा कलेजका ६६ जना विद्यार्थी सहभागी भएकोमा ६५ जना(९८.५ प्रतिशत) पास भएका छन् ।

BDS copy

सबैभन्दा बढी कलेज : एमबीबीएसमा बंगलादेश बीडीएसमा भारत

गत १३ चैतको एमबीबीएस तर्फको लाइसेन्स परीक्षामा सहभागी विद्यार्थीहरु अध्ययन गर्ने ९० वटा कलेजको गणना गर्दा सबैभन्दा बढी कलेज बंगलादेशको रहेको पाइएको छ ।

बंगलादेशका २७ वटा कलेजमा अध्ययन गरेका १९३ जना विद्यार्थीहरु सो परीक्षामा सहभागी थिए । जसमध्ये १०० जना अर्थात ५१.८ प्रतिशत विद्यार्थीले मात्रै परीक्षा उत्तीर्ण गरेका थिए ।

दोस्रोमा चीन रहेको छ । जहाँ २२ वटा कलेजबाट उत्तीर्ण गरेका १३३ जना नेपाली विद्यार्थी सहभागी थिए । जसमध्ये ४३ जना अर्थात ३२.३ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए ।

बीडीएसमा कलेज धेरै भारत, नतिजा राम्रो नेपाल

बीडीएसको परीक्षामा भारतका १७ वटा कलेजबाट अध्ययन सकेका २५ जना नेपाली विद्यार्थी सहभागी थिए । तर नतिजा आउदा जम्मा ८ जना ( ३२ प्रतिशत) विद्यार्थी पास भए ।

नेपालका ४ वटा कलेजबाट अध्ययन सकेका ६६ जना नेपाली विद्यार्थीले परीक्षामा सहभागी जनाएका थिए । जसमध्ये ६५ जना (९८.५ प्रतिशत) विद्यार्थी सफल भएका थिए ।

२५ प्रतिशत फेल हुनु चिन्ताको विषय काउन्सिल प्रवक्ता डा. अधिकारी

DSC00133
डा. कृष्ण अधिकारी

नेपालमै एमबीबीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा सहभागी भएका नेपाली विद्यार्थीहरुमध्ये करीब २५ प्रतिशत विद्यार्थी लाइसेन्स परीक्षामा पास हुन सकेनन् ।

पाँच बर्ष अघि भर्ना भई भर्खरै अध्ययन पुरा गरी परीक्षामा सहभागी भएका विद्यार्थी यतिधेरै संख्यामा अनुत्तीर्ण हुनु चिन्ताको विषय भएको नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारी बताउछन् ।

उनी भन्छन्, ‘नेपालको नतिजा यस्तो हुँदैनथ्यो तर भयो । यो आजका अवस्था पनि होइन। पाँच बर्ष अघि नै छानिएका विद्यार्थी हुन् । त्यसैले चिकित्सा शिक्षालाई गम्भीर भएर सोच्नु जरुरी छ ।’  उनले यो नतिजाले मेरिटलिष्टको महत्वलाई झनै बढाएको बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै उत्तीर्ण
यसपटकको परीक्षामा नेपालका १५ वटा मेडिकल कलेजबाट एमबीबीएस र ४ वटा डेन्टल कलेजबाट बीडीएस उत्तीर्ण विद्यार्थीहरु सहभागी भएका थिए ।

जसमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी मात्रै एमबीबीएस र बीडीएसमा सतप्रतिशत उत्तीर्ण हुने ठहरिए । बाँकी सबै कलेजका विद्यार्थीहरु सतप्रतिशत उत्तीर्ण भएका छैनन् ।

नेपाली हेल्थ डटकमसंग सहजरुपमा जोडिनका लागि तपाईँले हाम्रो फेसबुक पेजको यो लिंक https://www.facebook.com/nepalihealth/ मा गएर लाइक गरी जोडिन सक्नुहुन्छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *