आज विश्व स्वास्थ्य दिवश मनाइदै , मधुमेह उपचार र नियन्त्रणमा जोड

whoकाठमाडौँ – “मधुमेहको रोकथाम गरौं, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौं” भन्ने मूल नारा सहित विश्वभर विविध कार्यक्रम गरी आज विश्व स्वास्थ्य दिवस मनाईदै छ ।

सन १९५० देखि मनाउन सुरु गरिएको विश्व स्वास्थ्य दिवस हरेक वर्षको अप्रिल ७ तारिखको दिन विश्वभर विविध कार्यक्रमहरु गरी मनाइन्छ ।

दिवसको अवसरमा स्वास्थ्यसेवा विभाग सूचना तथा सञ्चार केन्द्रद्धारा बुधबार आयोजित कार्यक्रममा विश्व स्वास्थ्यसंगठनका नेपाल प्रतिनिधि डा जोसले नसर्ने रोगको जोखिम बढेको भन्दै नियन्त्रणका लागि व्यक्ति व्यक्ति क्रियाशिल भएर लाग्नु पर्ने बताए ।

उनले विश्वमा जस्तै नेपालमा समेत मधुमेहको प्रकोप दिनानुदिन बढीरहेको भन्दै नियन्त्रणका लागि सचेत रहन आग्रह गरे । खानपान आहार विहार जीवनशैलीमा ल्याइने परिवर्तनले त्यो सम्भवन हुने बताए ।

डा. ज्योति भट्टराईले मधुमेहबाट बच्ने उपायका बारेमा प्रकाश पारेकी थिइन् । विभागका निमित्त निर्देशक डा. भीमसिंह तिंकरीले मधुमेहबारे जनचेतना जगाउनुपर्ने अवस्था आएको भन्दै नसर्ने रोग विरुद्ध लडन व्यक्तिले आफ्नो रहनसहन जीवनशैली परिवर्तन गर्नुपर्ने बताए ।

राष्टिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले मधुमेहको रोकथामका लागि सञ्चारमाध्यमको भूमिका ठूलो हुने बताए ।

विश्व स्वास्थ्य संगठन आयोजनमा मनाउन सुरु गरिएको यो दिवस हरेक वर्ष जनस्वास्थ्य समस्याको रुप रहेको कुनै रोग तथा समस्याको विषय केन्द्रीत गरेर यो मनाइन्छ ।

यो वर्ष विश्वभर समस्याको रुपमा रहेको नसर्ने खालको रोग मध्यको प्रमुख रोग मधुमेहलाई रोकथाम गर्नतर्फ ध्यान आकर्षण गर्दै विविध कार्यक्रम गर्दै मनाइदै छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *