दोश्रो ‘नाउस’ युरोकन सम्मेलन २५ देखी २७ चैतसम्म काठमाडौँमा

काठमाडौँ – नेपाल एसोसियसन अफ युरोलोजिकल सर्जन्स ‘नाउस’ को आयोजनामा आगामी २५ चैत्रमा दोश्रो नाउस युरोक २०१६ हुने भएको छ । हरेक दुई दुई बर्षको अन्तरालमा हुने युरोकोनको यो दोश्रो सम्मेलन हो ।

सम्मेलनको ‘ प्रि कन्फ्रेन्स लाईभ अपरेटिभ वर्कशप ’ २५ चैतमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा हुनेछ भने २६ र २७ चैतमा बैज्ञानिक कार्यपत्रहरुमाथिको छलफल हुनेछ । सो कार्यक्रम भने होटल हायातमा हुनेछ ।

प्रि कन्फ्रेन्स बर्कशपमा युरोकोनका साइन्टिफिक चेयरम्यान समेत रहेका बरिष्ठ युरोसर्जन प्रा.डा. प्रेमराज ज्ञवाली सँगै भारतबाट आएका दुईजना र चीनबाट आएका एकजना युरोसर्जनरुले ५ वटा शल्यकृया गर्नेछन् ।

उनीहरुले पाँचवटा रेट्रोग्रेड इन्ट्रा९रेनल सर्जरी र दुइवटा प्रोस्टेट सर्जरी गर्नेछन् । सर्जरीको ग्रान्डी अस्पतालको ११ तल्लामा रहेको अपरेशन थियटरबाट अस्पतालकै दोश्रो तल्ला स्थित सभाकक्षमा प्रत्यक्ष प्रसारण समेत गरिनेछ ।

देश बिदेशका नयाँ युरो९सर्जनहरुलाई युरोलोजिकल सर्जरीको क्षेत्रमा हाँसिल भएका पछिल्ला उपलब्धि र नयाँ प्रबिधिबारे प्रशिक्षण दिने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा नेपाल भारत चीन कुवेत सिंगापुर र न्यूजिल्यान्डका १५० जनाभन्दा बढी युरो सर्जनहरुको सहभागिता रहने जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *