एमबीबीएस अध्ययनका लागि पाकिस्तान र इजिप्ट सरकारले छात्रबृत्ति पठाउदै

mbbs scholorकाठमाडौँ – पाकिस्तान र इजिप्ट सरकारले नेपाली विद्यार्थीका लागि एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलव्ध गराउने भएको छ ।
शिक्षा मन्त्रालय छात्रबृत्ति शाखाका अनुसार इजिष्टबाट छात्रबृत्ति आइसकेको छ भने पाकिस्तानले कोटा पठाउने तयारी गरेको छ ।

मन्त्रालय छात्रबृत्ति शाखा प्रमुख गोविन्द पौडेलले भने, ‘इजिप्टबाट छात्रबृत्ति आइसकेको छ तर कोटा एकिन भएको छैन् । त्यस्तै पाकिस्तानले कोटा पठाउने तयारी गरेको बुझिएको छ ।’

त्यसो त इजिप्टले गतवर्ष तीन वटा पूर्ण छात्रबृत्ति र १० वटा आंशिक छात्रबृत्ति पठाएको थियो । इजिप्टमा एमबीबीएस अध्ययन गर्न नेपालमा भन्दा सस्तो पर्छ ।

गतवर्ष पाकिस्तानले एमबीबीएसमा १०, बीडीएसमा एक र र वि फार्मेसीमा आठ वटा छात्रबृत्ति कोटा पठाएको थियो । इजिप्टले भने एमबीबीएसका लागि तीन वटा पूर्ण छात्रबृत्ति र १० वटा आंशिक छात्रबृत्ति पठाएको थियो ।

इजिप्ट अध्ययन गर्न त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले लिने प्रवेश परीक्षामा मेरिट लिष्टका आधारमा अवसर पाउनेछन् ।

पाकिस्तानले यसबर्ष कति कोटा पठाउनेछ भन्ने जानकारीमा आएको छैन । गतवर्ष पाकिस्तानले एमबीबीएसमा १०, बीडीएसमा १, इन्जिनियरिङमा ६ र वि फार्मेसीमा ८ वटा छात्रबृत्ति कोटा पठाएको थियो ।

पाकिस्तानमा अध्ययन गर्न पनि आइओएम र इन्जिनियरिङमा आइओइको प्रवेश परीक्षाको नतिजालाई आधार मानिन्छ । सोही परीक्षाको नतिजाको आधारमा विद्यार्थी छनौट गर्ने मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *