जाजरकोटमा फेरी देखियो झाडापखाला, दर्जनौँ बिरामी

jajarkotसुर्खेत – जाजरकोटमा फेरि झाडापखालाको संक्रमण फैलिएको छ । यसअघि २०६६ सालमा महामारीको रुपमा फैलिएको झाडापखालाकै कारण दुई सयजनाको ज्यान गएको जाजरकोटमा पुनः संक्रमण फैलिएको हो । आइतवारबाट फैलिएको झाडापखालाका कारण जिल्लामा दर्जनौ व्यक्तिहरु बिरामी भएका छन् ।

झाडापखालाका कारण सबै भन्दा बढी एसएलसी परीक्षा दिइरहेका विद्यार्थीहरु बिरामी भएका छन् । स्थानीय स्वास्थ्यकर्मीका अनुसार आइतबारबाट फैलिएको पखालाका कारण सोमवारसम्म तीन दर्जन भन्दा बढी बिरामी भएका छन् ।

जिल्लाको दशेरामा रहेको जनप्रिय उच्च मावि परीक्षा केन्द्रमा एसएलसी दिँदै गरेका विद्यार्थीहरुमा देखिएको यो रोगको संक्रमण अहिले गाउँभरी फैलिएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

जिल्लाको दशेरामा रहेको जनप्रिय उच्च मावि परीक्षा केन्द्रमा एसएलसी दिँदै गरेका विद्यार्थीहरुमा देखिएको यो रोगको संक्रमण अहिले गाउँभरी फैलिएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

पखालाका कारण विद्यार्थीहरु बिरामी भएपछि उनीहरुको परीक्षामा असर पुगेको छ भने एकैपटक दर्जनौं बिरामी भएपछि उपचारमा समेत कठिनाई उत्पन्न भएको छ ।

एकाएक गाउँमा फैलिएको झाडापखालका कारण एसएलसी दिइरहेका विद्यार्थी, परीक्षामा खटिएका निरीक्षक र स्थानीय बासिन्दा पनि बिरामी भएपछि गाउँमा त्रास छाएको छ ।

बिरामीहरुको स्थानीय स्वास्थ्य चौकी र परीक्षा केन्द्रमा उपचार भइरहेको छ । स्थानीय दशेरा स्वास्थ्य चौकीका इन्चार्ज नविना कँडेलका अनुसार झाडापखालाका कारण ३९ जना बिरामी भएका छन् । जसमध्ये ९ जना बालबालिका छन् ।

उनीहरु सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताउँदै उनले भनिन्,‘सुरुमा एसएलसी दिइरहेका विद्यार्थीहरु बिरामी भए, अहिले त गाउँका अरु मानिसहरु समेत बिरामी हुन थालेका छन् । हामीले उपचार जारी राखेका छौं, बिरामीहरु बढ्नेक्रम रोकिएको छैन ।’

उनले छिमेकी गाविसबाट एसएलसी दिन आएका विद्यार्थीहरुमा खानपानको राम्रो व्यवस्था नहुँदा संक्रमण फैलिएको बताइन् । परीक्षाकेन्द्र आसपास दुषित पानी, सुरक्षित खानाको अभाव, जथाभावी दिसापिसाव गर्ने र गाउँमा परीक्षार्थी तथा अभिभावकको भीड बढेका कारण झाडापखाला फैलिएको उनको भनाइ छ ।

अघिल्लो वर्ष पनि एसएलसी परीक्षाको समयमा जिल्लाको टालेगाउँ परीक्षा केन्द्रबाट स्वाइनफ्लूको संक्रमण फैलिएको थियो । उक्त संक्रमणले महामारीको रुप लिँदा अघिल्लो वर्ष जाजरकोटमा ३० जना भन्दा बढीको ज्यान गएको थियो ।

अघिल्लो वर्ष पनि एसएलसी परीक्षाको समयमा जिल्लाको टालेगाउँ परीक्षा केन्द्रबाट स्वाइनफ्लूको संक्रमण फैलिएको थियो । उक्त संक्रमणले महामारीको रुप लिँदा अघिल्लो वर्ष जाजरकोटमा ३० जना भन्दा बढीको ज्यान गएको थियो ।

यस वर्ष पनि एसएलसी परीक्षा संचालन भइरहेको बेला झाडापखाला फैलिएपछि स्थानीय बासिन्दा थप त्रसित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका महामारी नियन्त्रण प्रमुख कृष्णबहादुर खत्रीले बिरामीहरुमा पखाला लाग्ने, बान्ता हुने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखिएको बताए ।

दशेरा परीक्षा केन्द्रमा अहिले बाल उच्च मावि झाप्रा, सरस्वती मावि सीमा, कालिका मावि साल्मा, लक्ष्मी माविका गरी पाँच वटा विद्यालयका विद्यार्थीहरुले एसएलसी दिइरहेको केन्द्राध्यक्ष शेरबहादुर अधिकारीले जानकारी दिए । विद्यार्थी र निरिक्षकहरु पखालाका कारण बिरामी भएपछि परीक्षा संचालनमा समेत समस्या भएको उनको भनाइ छ ।

यता मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले प्रभावित क्षेत्रमा सोमवारै स्वास्थ्यकर्मी खटाइएको जनाएको छ ।

‘झाडापखालाबारे हामीले सोमवार मात्र जानकारी पायौं’, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका महामारी नियन्त्रण शाखाका फोकल पर्सन श्यामलाल आचार्यले भने, ‘जानकारी पाएलगत्तै प्रभावित क्षेत्रमा जाजरकोट जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि र डाक्टर खटिएका छन् ।’

उनले जाजरकोटलाई आफूहरुले विषेश निगरानीमा राख्दै जिल्लाका सबै स्वास्थ्यकर्मीलाई उच्च सतर्कतामा रहन भनिएको बताए । संक्रमण अन्य स्थानमा फैलिन नदिन आफूहरु सचेत रहेको समेत उनको भनाइ छ ।

  • आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुर्खेतबाट ललित बुढाले पठाएको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *