अध्ययन भन्छ, ‘सनस्क्रिनको प्रयोगले पुरुषलाई बाँझो बनाउन सक्छ’

Causes-Of-Infertility-In-Men

एजेन्सी –  सनक्रिनले शुक्रकिटको काममा बाधा पुरयाई पुरुषलाई बाँझो बनाउन सक्ने एक नयाँ अध्ययनले खुलासा गरेको छ । सनस्क्रिनमा भएको यु भी अर्थात प्रकाश रोक्न प्रयोग हुने रसायनमा छालाभित्र घुसी महिलाको हार्मेन प्रनेजेस्टेरोनले जस्तै असर गरी शुक्रकिटको काममा बाधा पुरयाउन सक्ने बताइएको हो । सनस्क्रिन लोसन छाला हुँदै रक्तसंचार प्रणलीमा सोसिन्छ ।

यूनिभर्सिटी अफ कोपनहेगनका प्रोफेसर नेल्स स्काकेबिक भन्छन्, “संसारमा बिपतका रुपमा देखिएको बाँझोपनको समस्याको एक प्रमुख कारण सनस्क्रिन पनि हुन सक्ने पाइयो ।

सनस्क्रिनमा सूर्यको किरसण छेक्न प्रयोग गरिने २९ रसायनलाई स्वस्थ पुरुषको शुक्रकीटसंग मिलाएर परीक्षण गर्दा यी सबै रसायनले स्पर्मको कार्यमा टकराब ल्याउने देखियो ।

यी रसायनले शुक्रकिट बन्ने प्रक्रिया “क्याल्सीयम आयोन सजिङ”लाई नै प्रधावित बनाई शुक्रक्रिटको महिलाको अण्डकोष मिलेर गर्भधारण गराउने क्षमतामा ह्रास ल्याउछ ।

प्रोफेसर स्काकाबेक भन्छन्, ‘एकदमै कम डोज मात्राको सनस्क्रिन लोसनले पनि यस्तो असर देखाएको छ । त्यसैले सनस्क्रिनमा प्रयोग हुने रसायनको अनुमति दिनु पूर्व यसले प्रजनन् क्षमतामा पार्ने असरबारे राम्रोसंग चेक जाँचगर्नु जरुरी रहेको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *