ज्येष्ठ नागरिक स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्न सकेन

बेनी (म्याग्दी) – विपन्न वर्गका ज्येष्ठ नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन जिल्लामा सञ्चालन गरिएको ज्येष्ठ नागरिक स्वास्थ्य उपचार सेवा कार्यक्रम प्रभावकारी बन्न सकेको छैन ।

महिला विकास कार्यालयले आव २०६४/०६५ देखि लागू गरेको सो कार्यक्रममार्फत हालसम्म २०० जना मात्र ज्येष्ठ नागरिकले सेवा लिएका छन् ।

महिला विकास कार्यालय म्याग्दीका अनुसार झन्झटिलो प्रक्रिया र जनचेनता कमीका कारण कार्यक्रम प्रभावकारी बन्न नसकेको हो ।

कार्यक्रममार्फत कार्यालयले सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराएर निजी क्लिनिकबाट औषधि खरिद गर्ने र वृद्धवृद्धाको औषधि शुल्क तिर्ने व्यवस्था मिलाएको छ ।

विपन्न वर्गका ६५ वर्षभन्दा बढी उमेरकाले एक वर्षमा दुईपटक सो सेवा लिन पाउँछन् । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराएर निजी क्लिनिकबाट औषधि किन्ने वृद्धवृद्धालाई एकपटकमा औषधि किन्नका लागि कम्तीमा रु दुई हजार उपलब्ध गराउन सकिने व्यवस्था भए पनि सेवा लिनेको सङ्ख्या न्यून भएको महिला विकास कार्यालयले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *