के हो मुखको क्यान्सर ?

के हो मुखको क्यान्सर ?

हामी मध्ये धेरैले फोक्सो, छाती, पाठेघर जस्ता अंगहरुमा हुने अर्वुदरोग वा क्यान्सरको वारेमा सुनेका छौं । जबकी क्यान्सरले ओठ, गाला, जिब्रो तथा घाँटीमा पनि उत्तिकै असर गर्दछ ।

मुख र घाँटीभन्दा माथिको भागमा हुने क्यान्सरले प्रत्येक घण्टा औसतमा झन्डै एक व्यक्तिको मृत्यु हुने गर्दछ । यस्ता क्यान्सरको नयाँ पहिचान भएका मध्येबाट करिव ६० प्रतिशतमात्र ५ वर्षभन्दा बढी बाँच्न सक्छन् ।

लामो समयसम्म क्यान्सर लागिरहेकाहरुलाई पनि मुख बाङ्गो हुने तथा खान र बोल्न समेत समस्या हुने हुन्छ ।

मुखको क्यान्सरको कारण

धेरेजसो मुखको क्यान्सर सुर्ति सेवन, धुम्रपान र सुपारी, गुट्खा तथा पानको प्रयोगबाट हुन्छ । कुनैपनि प्रकारबाट सुर्तिको प्रयोग गर्ने जुनसुकै उमेर, लिङ्ग वा जातिलाई पनि क्यान्सर हुन सक्छ ।

मुखको क्यान्सरको चिन्ह

मुखको क्यान्सर मुख, जिब्रो तथा ओठमा कुनैपनि रुपमा वा असरमा देखा पर्न सक्छ । मुखको क्यान्सर मुख भित्र नदुख्ने अल्सरको रुपमा देखिने र साधारणतया निको नहुने हुन्छ ।

मुखमा देखिने सेतो वा रातो दाग पनि क्यान्सरको रुपमा विकसित हुन सक्छ । मुख भित्र देखिएको दाग तीन हप्तासम्म पनि निको नभएमा दन्त विशेषज्ञको सल्लाह लिनुपर्दछ ।

मुखको क्यान्सर शूरुको अवस्थामा नै कसरी थाहा पाउने ?

मुखको क्यान्सर शुरु अवस्था दन्त विशेषज्ञद्धारा जाँच गरेपछि थाहा पाउन सकिन्छ । मुखको क्यान्सर शुरु अवस्थामा नै पत्ता लागेमा निकारण हुने सम्भावना बढि हुन्छ । धेरैजसो मानिसहरु ढिलामात्र दन्त विशेषज्ञकहाँ जाने गर्दछन् ।

नियमित परीक्षणको अलावा पनि माथि उल्लेखित बानी भएका व्यक्तिहरुमा केमिकलको प्रयोग गरी विशेष जाँच गर्न सकिन्छ । यसरी जाँच गर्दा केहि अस्वभाविक लक्षण देखिएमा तुरुन्त विशेषज्ञको सल्लाह लिनुपर्ने हुन्छ ।

कान्तिपुरले अप्रिल महिनालाई मुखको क्यान्सर सचेतना महिनाको रुपमा मनाउने

बसुन्धरास्थित कान्तिपुर जनरल हस्पिटल एण्ड डेन्टल कलेजले अप्रिल महिनालाई मुखको क्यान्सर सचेतना महिनाको रुपमा मनाउने भएको छ ।

मुख स्वास्थ्यलाई सधै दोस्रो दर्जाले राखेर हेर्ने कारणले मुखको क्यान्सरका विरामीको समेत समयमै पहिचान नभएको भन्दै अस्पतालले अप्रिल महिनाभर जनचेतना कार्यक्रम गर्न लागेको हो ।

प्रशासकिय अधिकृत राजेन्द्र दवाडीका अनुसार कान्तिपुरले अप्रिल महिनाभर निःशुल्क मुखको क्यान्सरको परीक्षण तथा जनचेतना फैलाउने कार्यक्रम गर्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *