संसारका २० प्रतिशत मानिस मोटोपनाको सिकार हुने !

fat manएजेन्सी – बैज्ञानिकहरुले यहि अवस्थाले निरन्तरता पाए अबको दश वर्ष भित्र संसारमा हरेक पाँच जना मध्ये एक जना मोटोपनको सिकार हुने बताएका छन् । उनीहरुले मोटोपना समस्या कसैले सोच्दै नसोचेको गरी भयावह रुप लिने दावी गरेको छ ।

“द ल्यानसेटमा” गरिएको एक नयाँ अध्ययन अनुसार अहिले निरन्तरता पाएको खण्डमा सन् २०२५ सम्ममा करीब २२ प्रतिशत पुरुष र १८ प्रशित महिला ( औषत २० प्रतिशत) मोटोपनको शिकार हुने देखिएको छ ।  अध्ययनले सन् १९७५ देखि सन् २०१५ सम्मको २०० देशहरुका मानिसको “बि.एम.आई (बिड मा इन्डेक्स)” लेखाजोखा गरेको थियो ।

अध्ययन अनुसार  सन् १९७५ मा संसारको जनसंख्याको २.६ प्रतिशत मानिस मोटोपनको सिकार थिए भने २०१४ मा त्यो संख्या ८.९ प्रतिशत पुगेको छ ।

अध्ययनले अग्रेजी भाषी रहेका देशहरु (अस्ट्रेलिया , क्यानडा, आयरल्यान्ड, न्यूजील्यान्ड यूनाइटेड, किङडम र अमेरिका)मा संसारका कुल मोटोपनका सिकार हुनेको संख्याको २५ प्रतिशत ओगटेको देखाएका छ । त्यस्तै मध्य पूर्वका देशहरु र उत्तरी अफ्रिकाले जम्मा मोटोपनको संख्याको १३.९ प्रतिशत ओगटेको छ ।

अध्ययनका प्रमुख प्रो.मजिड इजात भन्छन् “मोटोपनले संसारमै ठूलो रुप लिइसकेको छ । अब यो निवारण गर्न हरेक ब्यक्ति, स्वास्थ्य क्षेत्रका संग संगठन तथा सरकार लाग्नु जरुरी छ ।”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *