के मेरो योनी ठीक छ ? (स्त्रीरोग विशेषज्ञलाई योनी सम्बन्धी सोधिएका पाँच प्रश्न )

vagianaएजेन्सी – स्वस्थ राम्रो र आकर्षक देखिने चाहना कसमा पो हुदैन र ? अझ महिलाहरुमा त झन् यस्तो चाहना बिशेषरुपमा देखिने गरेको छ ।
शरीरलाई फिटनेश राख्नका लागि महिलाहरुले विभिन्न योगा तथा तथा व्यायम गर्नुलाई स्वभाविक रुपमा लिइन्छ ।

त्यस्तै आकर्षक बन्न विभिन्न कम्मेटीक सर्जरीहरु समेत गर्छन् त्यसलाई समेत अश्वभाविक मानिदैन । तर हिजोआजका महिलाहरु त्यतिमै मात्र सिमित रहँदैनन् ।

किंशवे गाइनोकोलोजी क्लिनिकका स्त्रीरोग विशेषज्ञ डा अहमद इस्मेल भन्छन् अहिले हिजोआज महिलाहरु बाहिरबाट देखिने अंगको सौन्दर्यमा मात्रै खुम्चिदैनन् । उनीहरु अहिले गुप्तांगको सौन्दर्यमा लालयित छन् ।

योगा गर्दा स्कीन टाइट जिन्स लगाएको बेला आकर्षक देखिनकै लागि धेरै महिलाहरु आफ्नो योनीको प्लास्टिक सर्जरी गर्न खोज्दछन् । १६ वर्षे किशोरी देखि ७० वर्षे महिलाले पनि आफ्नो यौनाङगको कस्मेटिक सर्जरी गर्ने चाहनाको जानकारी राख्न थालेपछि डा इस्मेलले आफूसंग आउने प्रमुख पाँच प्रश्न र जवाफ यसरी प्रस्तुत गरेका छन् :

१. के मलाई योनीको सर्जरीको जरुरी छ ?

सबै योनी यौनाङगहरु पृथक र फरक हुन्छन् । जबसम्म यसको आकार बनोटले तपार्इँलाई दुःख पिडा तथा असुबिधा दिएको छैन, तपार्इँलाई सर्जरीको जरुरी हुन्न ।

२. के मेरो योनी नर्मल छ ?

कुनै एक आकार, स्वरुप बनोट, रङ नै योनीको उपयुक्त मापदण्ड हो भन्ने हुदैन । शरीरका अन्य अंगहरु जस्तै योनीका भाल्भा, क्लिटोरीस, लेबिया पनि महिला पिच्छे फरक फरक हुन्छन् । त्यसैले ती फरक पनाका बाबजुत सबै योनी नर्मल मान्नुपर्छ । र तिम्रो योनी पनि नर्मल नै छ ।

३. के मेरो योनीको लेबियाको लम्बाई ठिक छ ?

योनीको लेबियाको नर्मल/ठिक्कको लम्बाई कति हो भन्ने जिज्ञासा धेरै भेटिने गरेको छ । कति लम्बाई देखिन्छ भन्ने कुरा ब्यक्ति पिच्छे फरक हुन्छ । सांस्कृतिक, भौगोलिक बिबिधताले पनि यसको लम्बाईमा फरक पार्छ ।

जब सम्म तपाईँको योनीको लेबियाहरु स्वस्थ र सफा छन् र तपार्इँलाई कुनै शारीरिक पिडा छैन भने लेबियामा प्लाष्टिक सर्जरीको जरुरी हुदैन ।

कहिले काँही भने लेबियाको लम्बाई बढी भएर कपडा लगाउँदा तथा यौन सम्पर्कको बेला समस्या हुन सक्छ । त्यस्तो अवस्थामा भने लेबिया प्लास्टिक सर्जरी गरी लेबियाको लम्बाई घटाउन सकिन्छ ।

४. उमेरसंगै योनीमा कस्तो परिवर्तन आउँछ ?

शरीरका अन्य अंगहरुजस्तै समय संगै योनीमा परिवर्तन आउनु स्वभाविक हो । त्यसमाथि महिलाले उमेरसंगै अनुभव गर्ने महिनावारी सुरु, गर्भधारण, बच्चाको जन्म, महिनावारी बन्द आदिको कारणले योनीको रुप आकार बनोट परिवर्तन भइरहन्छ ।

५. मेरो र उसको योनीको किन फरक देखिन्छ ?

आफनो शरीरको भागहरु स्वस्थ र ठीक छ की र्छैन भन्ने जिज्ञासा पूरा गर्न मानिसहरु अरुको अंग संग तूलना गर्ने गर्छन् । यहि जिज्ञासा यौनीमा पनि भेटिने गरेको हो ।

संसारका अलग अलग भागका महिलाको योनीको बनोट फरक हुन्छ । चाइनीज महिलाले आफ्नो योनी पूर्वी यूरोपका एक महिलाको योनीसंग तुलना गर्न खोजिन भने निश्चयपनि ठूलो फरक पाउने छिन् ।

किनकी चाइनीज महिलालाई रसयिन महिलाको योनी धेरै ठूलो लाग्न सक्छ भने रसियनलाई चाइनिज महिलाको योनी सानो र टाइट लाग्न सक्छ । त्यसैले अर्कोसंग तुलना गर्नु बिल्कुल गलत हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *