एक जना व्यक्तिको मिर्गौला फेल हुँदा राज्यको लगानी ८ लाख २० हजार

chronic-kidney-failureकाठमाडौँ – एक जना व्यक्तिको एक जना व्यक्तिको मिर्गौला फेल हुँदा सरकारले ८ लाख २० हजार रुपैयाँ सम्म अनुदान उपलव्ध गराउने गरेको छ । डायलासिस, प्रत्यारोपण र प्रत्यारोपण पछिको औषधिका लागि सो रकम उपलव्ध गराउने गरेको हो ।

विपन्न नागरिक उपचार कोषमा निवेदन दिएपछि पाइने सो सहुलियत प्राय सबै बर्गका मिर्गौला विरामीले लिने गरेका छन् । विपन्न नागरिक उपचार कोष सचिवालयका जनस्वास्थ्य अधिकृत दयाराम न्यौपानेले सबैभन्दा खर्चिलो रोग मिर्गौलाको उपचारमा ८ लाख २० हजार बराबर सहुलियत हुने बताए ।

न्यौपानेका अनुसार मिर्गौला फेल भएपछि दुई बर्षसम्म अर्थात २०८ पटक डायलासिसको अनुदान ५ लाख २० हजार खर्च हुन्छ । प्रत्यारोपणका लागि २ लाख रुपैया अनुदान उपलव्ध गराउछ । प्रत्यारोपण औषधिका लागि एक लाख रुपैया उपलव्ध गराउने गरेको छ ।

डायलासिस र प्रत्यारोपणका लागि उपलव्ध गराइने रकम सोझै अस्पतालको खातामा जाने भएपनि औषधिको लागि छुट्टयाएको एक लाख रुपैयाँ पिडीत व्यक्तिको खातामा जाने गर्छ ।

त्यसो त सरकारले विपन्न नागरिकको उपचारका लागि मिर्गौला बाहेक मुटु, क्यान्सर, अल्जाइमर्स, पार्किसन्स, हेड तथा स्पाइनल इन्जुरी सिक्कल सेल एनियमिया लगायतका रोगको उपचारमा एक लाख लाख दिने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *