स्वस्थ जीवनको कामना गर्दै ८ जना बृद्धबृद्धाको सम्मान

samman

पाल्पा – रिङ्नेरहका ८५ बर्ष नाघेका ८ जना बृद्धबृद्धा सम्मानित भएका छन् । स्वर्गीय काशीनाथ स्मृति प्रतिष्ठान दुम्कीबास नवलपरासीले उनीहरुलाई दीर्घ र स्वस्थ जीवनको कामना गर्दै सम्मान गरेको हो ।

त्यसरी सम्मानित हुनेहरुमा ९२ बर्षीय लक्ष्मीप्रसाद तिमल्सेना, ९१ बर्षीया उजुरसिंह ठाडा, ९० बर्षीया खगीसरा दर्जी रहेका छन् । त्यसैगरी ८९ बर्षीया गाथादेबी न्यौपाने, ८९ बर्षीया टोपला देबी आचार्य, ८९ बर्षीया बालकुमारी पौडेल, ८८ बर्षीय जसबहादुर सुनारी र ८३ बर्षीय डिल्ली प्रसाद आचार्य पनि सम्मानित भएका छन् ।

त्यस्तै प्रतिष्ठानले उद्बुद्ध उमावि पूर्वखोलामा ४ दशक बढी शिक्षण पेशामा रही त्यस क्षेत्रको शैक्षिक विकासमा अमूल्य योगदान पुरयाएको भन्दै जीवनाथ न्यौपाने र नीलकण्ठ न्यौपानेलाई समेत सम्मान गरेको छ ।

पाल्पा क्षेत्र नं १ का सभासद् राधाकृष्ण कंडेल, प्रतिष्ठानका संरक्षक कमला तिमिल्सेना, सचिव होम तिमल्सेना लगायतले दोशल्ला ओडाएर सम्मान सहित दीर्घजीवनको कामना गरेका थिए । स्वर्गीय काशिनाथको जन्मथलो रिङनेरहमा पुगेर बयोबृद्धहरुलाई सम्मान गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *