औषधीको मूल्य समायोजन गर्न असार मसान्तसम्मको अवधी थप

ddaकाठमाडौँ – सरकारले तोकेको दरमा औषधीको मूल्य समायोजन गर्न व्याबसायीहरुलाई असार मसान्त सम्मको समय दिएको छ ।

त्यसपछि बजारमा आउने सबै औषधीको मूल्य सरकारले तोकेको दररेटमा हुनुपर्ने स्पष्ट पारेको छ ।

गत ४ साउनमा बसेको मन्त्रिपरिषदको बैठकले ९६ प्रकारका औषधीको मूल्य तोक्ने औषधि व्यवस्था विभागको प्रस्तावलाई स्वीकृत गरेको थियो ।सोही अनुसार औषधिको नयाँ मूल्य निर्धारण गर्न औषधि उत्पादक तथा व्यापारीलाई दवाव  परेको थियो ।

भूकम्पकका बेला र त्यसपछिका नाकाबन्दीको बेला निजी औषधि कम्पनीले सरकारलाई सहयोग पुराएको भन्दै गत १ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले व्यापारीहरुको आग्रहलाई अनुसार असार मसान्त सम्मको अवधी थप गरेको हो ।

यसअघि विभागले पुराना औषधीलाई बिक्री गर्न ६ महिनाको समय दिदै १७ माघ देखी बजारमा आउने सबै औषधीको मूल्य सरकारी दररेटमा हुनुपर्ने बताएको थियो । तर मधेश आन्दोलन र भारतीय नाकाबन्दीले औषधीमा संकट परेपछि सो समयमा मूल्य समायोजन भएको थिएन ।

गत महिना मूल्य समायोजन नगरेको भन्दै महानगरीय प्रहरी कार्यालयले दुईवटा औषधी उद्योगका सञ्चालकलाई नियन्त्रणमा लिएपछि मूल्य समायोजनले पुर्न: चर्चा पाएको हो ।

औषधी व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले व्यापारीहरुलाई सरकारी मूल्य समायोजन गर्न असार मसान्त सम्म समय थप गरेको बताए । गत १ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले व्यापारीहरुको आग्रह अनुसार केही समय थप्ने निर्णय गरेको भन्दै त्यसपछि समेत अटेरी गरे कारबाहीको दायरामा ल्याइने बताए ।

‘सरकारले असार मसान्तसम्मको समय दिएको छ । त्यो अवधीसम्म धरपकडमा पर्ने कुरा भएन । त्यसपछि पनि अटेरी भयो भने सरकार कानूनी कारबाही अघि बढाउछ,’ महानिर्देशक खकुरेलले भने ।

‘सरकारले असार मसान्तसम्मको समय दिएको छ । त्यो अवधीसम्म धरपकडमा पर्ने कुरा भएन । त्यसपछि पनि अटेरी भयो भने सरकार कानूनी कारबाही अघि बढाउछ,’ महानिर्देशक खकुरेलले भने ।

नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाँईले पुराना औषधि सक्न असार मसान्त सम्मको अबधी थप गरेको भन्दै त्यसपछि मूल्य सरकारी दररेटमै आउने बताए ।

विभागका महानिर्देशक खकुरेलले त्यतिवेलासम्म बिक्री नभएका पुराना स्टक औषधिको मूल्यमा नयाँ स्टीकर टासेर भएपनि तोकिएको मूल्यमा औषधि बिक्रीगर्ने निर्णय भएको बताए ।

गत १ चैतको बैठकले स्वास्थ्य सचिवको अध्यक्षतामा उद्योगमन्त्रालयका सहसचिव, अर्थमन्त्रालयका सहसचिव, बाणिज्य मन्त्रालयका सहसचिव तथा औषधी व्यवस्था विभागका महानिर्देशक सम्मिलित कार्यदल समेत बनाएको छ । सो कार्यदलले औषधीको मूल्य समायोजनको बारेमा काम गर्ने भएको छ ।

..र यो पनि पढ्नुहोस्

 # पक्राउ परेका औषधी उद्योगका सञ्चालक रिहा, बिरोधका कार्यक्रम स्थगित

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *