नयाँ नेतृत्व छनौट गर्न चिकित्सक संघको निर्वाचन भदौमा

NMA-logoकाठमाडौँ – नयाँ नेतृत्व छनौट गर्न नेपाल चिकित्सक संघले आगामी भदौ महिनामा निर्वाचन गर्ने तयारी गरेको छ । संघले सो निर्वाचनमा भाग लिनका लागि नयाँ चिकित्सकहरुलाई आगामी बैशाख महिनाभित्र आजीवन सदस्यता लिइसक्न आवहान गरेको छ ।

भदौमा हुन लागेको निर्वाचन २०७२ २०७५ साल कार्यकालको हो । २०७२ साल भित्रै हुनुपर्ने यो निर्वाचन विविध कारणले ढिलाई भएको संघले जनाएको छ ।

संघका अध्यक्ष डा अञ्जनीकुमार झाले नेपाली हेल्थसंग कुरा गर्दै भदौ महिनामा निर्वाचन गर्ने तयारी भएको बताए । यद्धपी मिति भने तय नभईसकेको जानकारी दिए । ‘हामी केही दिन पछि नै त्यसको टुंगो लगाउने छौ ,’उनले भने ।

nma

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *