बन मन्त्रालयलाई बैद्यखानाले भन्यो, ‘जलाउन लागेको जडिबुटी तथा आखेटोपहार हामीलाई देउ’

baidhya khanaकाठमाडौँ – बन मन्त्रालयले विभिन्न समयमा बरामद गरिएका प्रतिवन्धित जडिबुटी तथा आखेटोपहार नष्ट गर्ने तयारी गरिरहेका बेला सिंहदरबार बैद्यखानाले भने औषधीमा कामलाग्ने बस्तु आफूलाई उपलव्ध गराउन मन्त्रालयसंग आग्रह गरेको छ ।

बैद्यखानाले कस्तुरीको विना, भालुको पित्त, पाँच औले, रक्तचन्दन, मयुरको प्वाख लगायतका बस्तुहरु जडिबुटी औषधी बनाउन अति उपयोगी हुने बताएको छ ।

बन मन्त्रालयले भने बरामत गरिएका अन्तराष्ट्रिय साइटीस अभिसन्धी अनुसार बरामद गरिएका प्रतिवन्धीत जडिबुटी तथा पैदावार नष्ट गर्नुपर्ने उल्लेख गर्दै नष्टगर्ने तयारीमा लागेको छ ।

बैद्यखानाका प्रवन्ध निर्देशक डा. राजेन्द्रकुमार गिरीले विगतमा पनि औषधीमा काम लाग्ने बस्तुहरु नजलाई बैद्यखानालाई उपलव्ध गराएको भन्दै सोही अनुसार यसपटक पनि औषधीजन्य जडिबुटी तथा पैदावार उपलव्ध गराउन माग गरे ।

‘हामीलाई बाघको छाला चाहिदैन, गैडाको खाग पनि आवश्यक छैन तर मयुरको प्वाख, कस्तुरीको बिना, पाँच औले, रक्तचन्दन जस्ता बस्तुहरु औषधी बनाउन काम आउछ ती बस्तुको नष्ट नगरौँ भनेको मात्रै हो,’ नेपाली हेल्थसंग उनले भने ।

व्यवस्थापिका संसदको बाताबरणीय संरक्षण समितिले चितवनको मैघौलीमा गई थुपारिएका जडिबुटी तथा अखेटपहार निरीक्षण गरेको छ । समितिका सभापति जनकराज चौधरीको टोलीले निरीक्षण गरेको थियो ।

प्रवन्ध निर्देशक डा. गिरीका अनुसार पाँच औले स्पेशल चेवनप्रास, कस्तुरीको विना मृगमदासब अर्थात खोकीको औषधी, रक्तचन्दन तुलसी चियामा प्रयोग हुन्छ । त्यस्तै मयुरको प्वाख स्वास प्रस्वास हिक्का हिक्का आउने औषधीमा काम आउछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *