नसर्ने रोगको रोकथामका लागि क्रियाशिल हुन सरोकारवालाको जोड

DSC00447

काठमाडौँ – नसर्ने रोगको उपचारमा भन्दा रोकथाममा लागि सरकार क्रियाशिल हुनुपर्ने सम्वन्धीत सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले रोग लागिसकेपछि उपचारमा मोटो रकम खर्चिनुपर्ने बाध्यता हुने भन्दै रोग लाग्नु अगाडी नै सतर्कता अपनाउने व्यवस्थाको निर्माण गर्न जोड दिएका हुन् ।

नेपाल एनसीडी एलायन्सले मंगलबार राजधानीमा आयोजना गरेको नसर्ने रोगको रोकथामका लागि नागरिक समाजको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा बक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभाग पुर्नजागरण महाशाखाका निर्देशक डा. रमेशकुमार खरेलले नसर्ने रोगको प्रकोप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै बढेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले नसर्ने रोगको न्यूनिकरणका लागि सरकारले ७० प्रकारका औषधि निशुल्क उपलव्ध गराउने निर्णय भएको भन्दै त्यसमा नसर्ने रोगमा प्रयोग हुने औषधि समेत भएको बताए ।

DSC00445

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. खेमबहादुर कार्कीले अहिले पनि ९० प्रतिशत जनतालाई आफूलाई नसर्ने रोग रहेको जानकारी नभएको र जानकारी भएकोले औषधि नखाएकोले जोखिमको अवस्था भयावह रहेको बताए । उनले आहार विहार, चुरोट, र जीवनशैलिमा परिवर्तन गर्न सकेमा धेरै हदसम्म नियन्त्रणमा हुने बताए ।

नेपाल एनसीडी एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मीले नसर्ने रोगको जोखिमको बृद्धिदर दिनानुदिन बढेको भन्दै नागरिक समाजले यसको जनचेतानामा अग्रसरता लिनुपर्ने बताए । उनले नेपालमा नसर्ने रोगको वर्तमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

एनसीडी एलायन्सका उपाध्यक्ष शान्तलाल मुल्मीले हाम्रो स्वास्थ्य हाम्रै हातमा छ भन्दै आनीबानी र आहार विहारमा नियन्त्रण गर्न सके रोगको जोखिम नियन्त्रण गर्न सकिने बताए । उनले नसर्ने रोगको बृद्धिदरलाई नियन्त्रण गर्न सरोकारवाला सम्मिलित एलायन्स गठन गरेको बताए ।

एलायन्सका महासचिव किशोरकुमार प्रधानांङ्गले नसर्ने रोगको रोकथामका जनचेतनाको खाँचो रहेको भन्दै क्रियाशिल हुनुपर्ने बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. कृष्ण अर्याल, एलायन्सका सदस्य सुम्निमा तुलाधरले कार्यपत्र प्रस्तुत गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *