दोस्रो चरणमा स्वास्थ्य बीमा लागू हुने १० जिल्ला छनौट

MoHP-Nepalकाठमाडौँ – सरकारले पहिलो चरणको स्वास्थ्य बीमा कार्यक्रम कैलाली बाग्लुङ र इलाममा लागू भए लगत्तै दोस्रो चरणमा थप १० जिल्लामा कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि विभिन्न दश जिल्लाको छनौट भइसकेको छ ।

स्वास्थ्य मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका संघीय संरचनाको आधारमा ती जिल्ला छनौट गरिएको हो ।

छनौट परेका जिल्लाहरुमा प्रदेश नम्वर १ बाट झापा, प्रदेश नं २ बाट रौतहट, प्रदेश नम्वर ३ बाट चितवन र भक्तपुर, प्रदेश नम्बर ४ बाट कास्की र म्याग्दी जिल्ला रहेका छन् । त्यसैगरी प्रदेश नम्वर ५ बाट पाल्पा, प्रदेश नम्बर ६ बाट जाजरकोट र जुम्ला, प्रदेश नम्बर ७ बाट बैतडी जिल्ला छनौट भएको छ ।

छनौट परेका जिल्लाहरुमा प्रदेश नम्वर १ बाट झापा, प्रदेश नं २ बाट रौतहट, प्रदेश नम्वर ३ बाट चितवन र भक्तपुर, प्रदेश नम्बर ४ बाट कास्की र म्याग्दी जिल्ला रहेका छन् । त्यसैगरी प्रदेश नम्वर ५ बाट पाल्पा, प्रदेश नम्बर ६ बाट जाजरकोट र जुम्ला, प्रदेश नम्बर ७ बाट बैतडी जिल्ला छनौट भएको छ ।

समितिका शाखा अधिकृत तुलसी भट्टराईका अनुसार छनौट गरिएका जिल्लामा यहि आर्थिकबर्षबाटै कार्यक्रम सुरु हुनेछ । ‘नमूनाका रुपमा छुट्याएका तीन जिल्लामा केही दिनबाटै कार्यक्रम सुरु हुनेछ । यी जिल्लामा कार्यक्रम सुरु भइसकेपछि थप १० जिल्लामा कार्यक्रम अघि बढ्नेछ । यो आर्थिक बर्षमा त्यसका केही तयारीहरु हुन सक्नेछन्’ नेपाली हेल्थसंग भने ।

सरकारले आम सर्वसाधारणको स्वास्थ्यमा पहूच बढाउन स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको हो । यो कार्यक्रममा एक परिबार( ५जना सदस्य)ले बार्षिक रुपमा २ हजार ५ सय रुपैयाँ प्रिमियम बुझाएपछि ५० हजार रुपैयाँ सम्मको उपचार सेवा लिन सक्छ ।

पाँच भन्दा बढी सदस्य भएको परिबारले प्रतिव्यक्ति थप ४२५ रुपैयाँ तिरेपछि थप १० हजार बढीको सुविधा लिन सक्छ । समितिले समेटने ६६ प्रकारका रोगहरुको सूची तयार पारिसकेको छ । थप केही रोगका सूचीहरु थपिने क्रममा रहेको छ ।

यो पनि पढ्नुहोस्

बहुप्रतिक्षित स्वास्थ्य बीमा कार्यक्रम दुईसाता पछि कैलालीबाट सुरु हुँदै

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *