रेडियो नेपालमा राखिएको स्वास्थ्य शिबिरमा ३ सय कर्मचारीको स्वास्थ्य परीक्षण

SAM_0378 (1)

काठमाडौँ –  रेडियो नेपालको ६६ औं वार्षिकउत्सवको अवसरमा रेडियो नेपाल कर्मचारी संघले ग्राण्डी इन्टरनेशनल अस्पतालको सहकार्यमा आज निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

उक्त शिबिरमा रेडियो नेपाल, नेपाल टेलिभिजनका कर्मचारीहरु सँगै नेपाली सेना, नेपाल प्रहरी र बिभिन्न मन्त्रालयका गरी ३ सय  जना भन्दा बढी कर्मचारी स्वास्थ्य परीक्षण गरिएको थियो ।

अस्पतालका बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. बिष्णु पहारीको नेतृत्वमा गएको टोलीले कर्मचारीहरुको मिर्गौलारोगको परीक्षण गर्नुका साथै मधुमेह र रक्तचापको परीक्षण गरेको थियो ।

स्वास्थ्य शिबिरको उदघाटन गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्रायका सचिव दिनेश थपलियाले स्वस्थ मर्यादित र सक्षम कर्मचारीबाट मात्रै संस्थाले उद्देश्य प्राप्ती गर्न सक्ने बताए । उनले नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरुले जनताप्रतिको उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गरे ।

रेडियो नेपालका कार्यकारी निर्देशक शुरेस कुमार कार्कीले कर्मचारीको स्वास्थप्रति पनि संस्थाको दायीत्व रहने विषयमा व्यवस्थापन सजग रहनुपर्ने बताए । कार्यक्रममा रेडियो नेपाल कर्मचारी संघका अधयक्ष चेत नारायण पौडेलले निशुल्क स्वास्थ्य शिविर बारे चर्चा गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *