चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र सियान युनिभर्सिटीबीच सम्झौता

NAMSकाठमाडौँ – चीनको सियान युनिभर्सिटीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सलाई जनशक्ति तथा पूर्वाधार निर्माणमा सघाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको अवसरमा न्याम्स र सीयान युनिभर्सिटीबीच शुक्रबार सम्झौता भएको हो ।

सम्झौता अनुसार दुई मेडिकल संस्थाबीच फ्याकल्टी डेभलपमेन्ट प्रोग्राम, स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम हुनेछ । त्यस्तै सियान युनिभर्सिटीले न्याम्सको पूर्वाधार निर्माण ,चिकित्सा शिक्षा अनुसन्धानका लागि सहयोग गर्ने भएको छ ।

न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङका अनुसार सम्झौतामा बर्षको १० जना नेपाली विद्यार्थीलाई कम्तीमा ६ ६ महिनाका दरले अनुसन्धानको अवसर उपलव्ध गराउने निर्णय भएको छ ।

त्यस्तै नेपाली विद्यार्थी र चिनिया विद्यार्थीबीच अध्ययन अनुसन्धान प्रविधिको अवलोकन आदानप्रदान गर्ने सम्वन्धमा समेत सम्झौता भएको छ । त्यसबाहेक न्याम्सको पूर्वाधार तथा भौतिक विकासका लागि सियान युनिभर्सिटीले सघाउने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *