बनभोज खान जाँदा दन्त परीक्षण !

pal3

काठमाडौँ – नेकपा एमाले पाल्पा-काठमाडौँ सम्पर्क मञ्चद्धारा शनिबार बालाजु बाइसधारा पार्कमा आयोजित बनभोज कार्यक्रममा ६० जना बढी पाल्पालीले निशुल्क दन्त परीक्षण गराएका छन् ।

बनभोज खान आएका पाल्पालीलाई लक्षित गरी कान्तिपुर डेन्टल कलेजले निशुल्क मुख तथा दन्त परीक्षण शिबिरको व्यवस्था मिलाएको थियो ।

सिविरको नेतृत्व गरेकी डा. जिविका पौडेलका अनुसार परीक्षण गराउनेमध्ये अधिकांशमा दाँतमा किरा लाग्ने र गिँजा सम्वन्धी समस्या देखा परेको थियो । कतिपयमा पाइरिया अर्थात हर्सा हुने समस्या समेत देखिएको थियो ।

pal4

मञ्चका अध्यक्ष नील सारुले स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय भएको र जनतालाई स्वास्थ्य प्रति सचेत गराउने उद्देश्यले बनभोजको अवसरमा स्वास्थ्य शिबिर समेत सञ्चालन गरेको बताए । उनले भविस्यमा पनि स्वास्थ्य सचेतनाका कार्यक्रम गर्ने बताए ।

शिबिरका लागि डेन्टल कलेजबाट डा पौडेल सहित , डा संगीता थपलिया, रक्षा शाह, अमिता श्रेष्ठ, रचना रेशमी, आभा शाह, प्रिया जयसवाल र पवित्रा रेग्मीको टोली पुगेको थियो । सो टोलीले परीक्षण सहित मुख तथा दन्त स्वास्थ्यका बारेमा प्रशिक्षण समेत दिएको थियो ।

pal1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *