सिंहदरबारमै भएन धूमपान नियन्त्रण

singha-durbar1

काठमाडौं –  सिंहदरबारभित्र बारम्बार ‘ड्रेस कोड’ लगाउन सर्कुलर जारी गर्दा अटेर गर्दै आएका कर्मचारीले लुकीछिपी धूमपानसमेत गर्ने गरेका छन् । सरकारले केही समयअघि सिंहदरबारलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारलाई धूमपान निषेधित क्षेत्र घोषणा गर्दै त्यसलाई कडाइका साथ पालना गराउन सबै मन्त्रालय र निकायलाई सर्कुलर गरेको थियो । तर, प्रधानमन्त्री कार्यालय र सतर्कता केन्द्रको सर्कुलरलाई अधिकांश कर्मचारीले अटेर गर्दै लुकीछिपी धूमपान गर्ने गरेका छन् ।

सामान्यको गोप्य अनुगमन

यस विषयमा सामान्य प्रशासन मन्त्रालयले गोप्य रूपमा अनुगमन थालेको छ । सामान्य प्रशासन मन्त्रालयका उपसचिव कृष्णप्रसाद सापकोटाले सिंहदरबारलाई पूर्ण रूपमा धूमपान निषेधित क्षेत्र बनाउन अनुगमनलाई कडा पारिने जानकारी दिए ।

सामान्यले प्रधानमन्त्री कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रसँग समन्वय गरी धूमपान गर्नेविरुद्ध कानुनी कारबाही थाल्ने तयारीसमेत गरेको छ ।

धूमपान गर्न मन्त्रालयभित्रै गोप्य ठाउँ

सामान्यको अध्ययनअनुसार कर्मचारीले मन्त्रालयभित्रै विभिन्न गोप्य ठाउँ बनाएर धूमपान गर्ने गरेका छन् । यस्तै, शौचालयलाई धूमपान गर्ने स्थान बनाएको तथा मन्त्रालयले सञ्चालन गरेका विभिन्न क्यान्टिनमा गएर धूमपान गर्ने गरेको पाइएको छ ।

सामान्यले सबै मन्त्रालय र निकायलाई पत्राचार गरी आफूमातहतका निकायलाई धूमपान नगर्न–नगराउन निर्देशन दिने तयारीसमेत गरेको छ ।

  • आजको नयाँ पत्रिका दैनिकमा समाचार छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *