स्वास्थ्य मन्त्रीको क्वाटरमा खस्यो ड्रोन क्यामेरा

drone-camera-

ललितपुर – स्वास्थ्यमन्त्री रामजनम चौधरीको पुल्चोकस्थित क्वाटर अगाडि अत्याधुनिक ड्रोन क्यामेरा खसेको छ । मंगलबार साँझ करिव ६ बजेतिर मन्त्री क्वाटर अगाडिको रुखमा ठोक्किइ ड्रोन क्यामेरा खसेको हो ।

अहिले उक्त ड्रोन क्यामेरालाई ललितपुर प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले बताए ।

नेपालको कानूनले अनुमति विना ड्रोन क्यामेरा उडाउन पाइँदैन । यसअघि नेपाली सेनाको मुख्यालयमा ड्रोन क्यामेरा उडाएको आरोपमा दुई चिनियाँ पत्रकार पक्राउ परेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *