मधुमेह (डाइबेटिज) भएका रोगीहरुले के खाने ? के नखाने ?

डा प्रकाशराज रेग्मी (बरिष्ट मुटुरोग विशेषज्ञ)
डा. प्रकाशराज रेग्मी

क. खान नहुने पदार्थहरु :

१. गुलियो पदार्थहरु : चिनी, मिठाइ, सक्खर, जाम,  गुलियो पेय पदार्थहरु  (कोकाकोला, फेन्टा, फ्रुटजूस) टिनमा बन्द गरिएका फलफूलहरु , आइसक्रिम, रक्सी, बियर, स्वीटवाइन आदि ।

२. कन्दमुलहरु : आलु, पिडालु, तरुल, सक्खरखण्ड आदि ।

३. चिल्लोमा तारेका खानाहरु : पुरी, पुलाउ, समोसा, चप आदि ।

४. फलफूलहरु : धेरै गुलियो आँप, भुईकटहर

ख. थोरै मात्रामा खान हुने पदार्थहरु :

१. अन्नहरु : चामल, गहुँ, मकै, च्यूरा

२. चिनी नभएको पाउरोटी, विस्कुट, चाउचाउ

३. तेल, घ्यू, मख्खन

ग. साधारण मात्रामा खान हुने पदार्थहरु :

१. दाल र गेडागुडीहरु : चना, केराउ, भटमास, मुगी आदि

२. दूध र यसबाट बनेका पदार्थहरु : दही, पनिर

३. मासु, माछा, फुल (अण्डा)

४. फलफूलहरु : सुन्तला, मेवा, मौसम, स्याउ, नासपाती, केरा आदि ।

Post-Healthy-and-balanced-diet

घ. मनलागे जति खान हुने   पदार्थहरु :

१. तरकारी, साग सब्जीहरु : काउली, बन्दा, गाजर, च्याउ, सिमी, प्याज, सलगम, मुला, गोलभेंडा, परवर, भान्टा, लौका, फर्सी, रायोसाग, पालुङ्गो, चम्सूर इत्यादि ।

२. फलफुल : खरबुजा, काँक्रो, कागती

३. पिउने पदार्थहरु : फिक्का चिया र कफी, तरकारीका सूपहरु

४. अन्य : सलाद, मसला, जीरा, धनियाँ, मरिच इत्यादी ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *