पथलैयाको गोदाममा आगलागी हुँदा ५० लाख पिस कण्डम जल्यो

IMG_20160322_182707 copy
काठमाडौँ – बाराको पथलैयामा रहेको मेडिकल स्टोरमा आइतबार भएको आगलागीबाट ५० लाख पिस कण्डम जलेको छ । सो कण्डमको मुल्य ९१ लाख रुपैयाँ पर्छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखालाई सोमबार पठाइएको प्रारम्भीक प्रतिवेदन अनुसार आगलागि हुँदा ५ करोड ७७ लाख ९०९ रुपैयाँ ९० पैसा बराबरको औषधि सामग्री नष्ट भएको छ । जसमा गोदाम भित्र रहेका ९ प्रकारका औषधि तथा औषधिजन्य सामग्री नष्ट भएको हो ।

पथलैया मेडिकल स्टोर्सका बरिष्ठ जनस्वास्थ्य अधिकृत अरुणकुमार झा हस्ताक्षरित प्रतिवेदन अनुसार अनुसार सबैभन्दा बढी २ करोड ९७ लाख ५४ हजार मुल्य बराबरको औषधियुक्त झुल पोलिएको छ ।

त्यस्तै ५० लाख पिस कण्डम डढेको छ । जसको खरीद मुल्य ९१ लाख रहेको जनाएको छ । त्यस्तै १५ हजार ४ सय ८० केजी विषादी पोलिएको छ । जसको मुल्य ७४ लाख ५९ हजार ३०० रुपैया पर्छ ।

विरामीको उपचारमा अति धेरै प्रयोगमा आउने २३हजार ३८६ रोल कटन पनि पोलिएको छ । जसको मुल्य २४ लाख ४१ हजार ४९८ रुपैया ४० पैसा रहेको छ । कुपोशित बालबालिकालाई खुवाउने पेष्ट ४८ लाख ७३ हजार ५०० बराबरको पोलिएको छ । त्यसैगरी हात्तीपाइले रोग विरुद्धको औषधि डीइसी १३ लाख ६५ हजार ६११ रुपैया बराबरको डढेको छ ।

आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा भीमसिंह तिंकरीले प्रहरीको सहयोगमा आगलागी भएका ठाँउबाट बचेका औषधि तथा सामाग्रीहरुको खो िजगर्न लागेको बताए । उनले केही सामाग्रीहरु बच्न पनि सक्ने भन्दै परिमाणमा केही तलमाथि हुन सक्ने उल्लेख गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *