वितरण गर्न ठिक्क पारेको ९५ हजार थान झुल नष्ट

काठमाडौँfire – बाराको पथलैयास्थित मेडिकल स्टोरमा आइतबार लागेको आगोले वितरण गर्न ठिक्क पारि राखेको ९५ हजार थान झुल नष्ट भएको छ । सो झुलको मुल्य २ करोड ९७ लाख ५४ हजार रहेको बताइएको छ ।

ग्लोबल फण्डकोको सहयोगमा प्राप्त ती झुल सेभ द चिल्ड्रेनले स्थानीय संस्था छनौट गरी वितरणको तयारी गर्दै थियो । आपूर्ति यवस्था महाशाखाका निर्देशक डा भीमसिंह तिंकरीले आगलागीबाट सबैभन्दा बढी झुल पोलिएको बताए । उनले झुलको इन्स्योरेन्स गरिएकोले थप आर्थिक दायित्व भने नपर्ने बताए ।

आइतबार विहान ८ बजे देखी लागेको आगो नियन्त्रणका लागि चारवटा दमकलको प्रयोग गरी अपरान्ह ४ बजे नियन्त्रणमा आएको थियो । पथलैया पुगेर आएका निर्देशक तिंकरीले २४ लाख ८२ हजार ९३० वटा हात्तीपाइले रोग विरुद्धको डीइसी ट्यावलेट समेत जलेर नष्ट भएको बताए । सो ट्यावलेटको मुल्य १३ लाख ६५ हजार ६११ रुपैयाँ पर्ने निर्देशक डा तिंकरीले बताए ।

चौकीदारका रुपमा काम गरेकादुई जना महिलाले गोदाम नजिकै घास काटेर राखेको थुप्रोबाट आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निर्देशक तिंकरीले कुल ५ करोड ७७ लाख ४५ हजार ९०९ रुपैया बराबरको औषधिजन्य सामग्री नष्ट भएको बताए ।

वितरण गर्न लागिएको ठिक्क पारिएको सो झुल पोलिदा २ करोड ९७ लाख ५४ हजार बराबरको क्षति पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *