सिभिल अस्पतालमा १०३ जनाको जोर्नी प्रत्यारोपण

civil

काठमाडौँ – मीनभवनस्थित सिभिल सर्भिस हस्पिटलले पछिल्ल्लो तीन बर्षमा १०३ जनाको जोर्नी प्रत्यारोपण गरेको छ । चोेटपटक, संक्रमण तथा बाथ रोग जस्ता विभिन्न कारणले जोर्नी बिग्रेकाहरुका लागि कृतिम जोर्नी (इम्प्लान्ट) प्रत्यारोपण गरेको हो ।

हस्पिटलका अर्थोपेडिक विभागका प्रमुख डा. दीर्घराज आरसीले अहिलेसम्म हीप र घुडाको जोर्नी प्रत्यारोपण गरेको जनाए । उनले आफ्नो नेतृत्वमा ६ जना अर्थोपेडिक सर्जनको टोली प्रत्यारोपणका लागि खटिएको बताए ।

कृतिम जोर्नी अर्थात इम्प्लान्ट प्रत्यारोपण गरेको दोस्रो दिन देखी नै हिडनै नसक्ने मान्छे पनि हिड्न सक्ने अवस्थामा आउछ । डा. आसीका अनुसार सिभिल हस्पिटलमा अहिलेसम्म २१ बर्ष देखी ८३ बर्षसम्मको व्यक्तिको जोर्नी प्रत्यारोपण भएको छ । प्रत्यारोपणका लागि आउनेहरु मध्ये झण्डै ७० प्रतिशत उपत्यका बाहिरका र त्यसमध्ये महिला बढी रहेको बताए ।

५५ बर्ष अघि बेलायतमा सुरु भएको जोर्नी प्रत्यारोपण सेवा नेपालमा भने धेरै पछि आएको छ । यद्धपी अहिले निजी तथा अन्य सरकारी अस्पतालमा यो सेवा उपलव्ध छ । तर सिभिल हस्पिटलले यो सेवा अन्यत्र भन्दा निकै सस्तोमा गर्ने भएको दावी गरेको छ ।

अस्पतालका निर्देशक डा विमल थापा भन्छन्, ‘इम्पाल्न बाहेक हामीकहाँ अप्रेसन चार्ज निकै सस्तो छ । १० हजारमा यसको अप्रेसन हुन्छ । इम्प्लान्ट बाहिरबाट किन्नु पर्ने भएकोले त्यसको लागत भने तिर्नुपर्ने हुन्छ ।’ उनले न्यून शुल्कमा यो सेवा सिभिलले सुरु भएसंगै इम्प्लान्टका महंगो शुल्क तिरेर विदेश गई उपचार गर्नुपर्ने बाध्यता नहुने बताए ।

अनुसन्धानले करीब ०.१ प्रतिशत मानिसहरुमा जोर्नी सम्वन्धी समस्या हुने गरेको देखाएको छ । सो अनुसार नेपालमा करीब ३० हजार व्यक्तिमा जोर्नी सम्वन्धी समस्या हुने गरेको अनुमान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *