जीका भाइरसको परीक्षण गर्न एक हजार ‘पीसीआर किट’ आयो

zika virous

काठमाडौँ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जीका भाइरसको परीक्षण गर्न एक हजारवटा पीसीआर किट ल्याएको छ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को अनुदान सहयोगमा सो किट प्रयोगशालाले प्राप्त गरेको हो ।

अमेरिकी महादेशमा पछिल्लो केही महिना देखी तहल्का मच्चाएको यो भाइरस नेपालमा पनि देखा पर्न सक्ने आशंकामा सरकारको अनुरोधमा डव्लुएचओले सो किट उपलव्ध गराएको हो ।

प्रयोगशालाका निर्देशक डा. गीता शाक्यले संकास्पद व्यक्तिको जीका परीक्षण गर्न एक हजार किट आइपुगेको बताइन् । उनले सो परीक्षण टेकुस्थित प्रयोगशालामा मात्रै सम्भव भएको बताइन् । उनले भनिन् , ‘अरु किटहरु हामी बाहिरका ल्यावमा पनि दिन सक्थ्यौ तर यो पीसीआर किट भएकोले अन्यत्र दिन मिल्दैन यहि नै आएर परीक्षण गराउनुपर्छ ।’

नेपालमा भर्खर गर्मी सुरु भएको र लामखुट्टेको मौसम समेत भर्खर सुरु भएपनि अमेरिका सहित पश्चिमा देशबाट स्वदेश फर्केका व्यक्तिहरुमा सम्भावना हुन सक्ने भन्दै तयारी अवस्थामा रहेको जनाएको छ । डा. शाक्यले अहिलेसम्म परीक्षणका लागि एउटा केश पनि नआएको बताइन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले डेंगु सार्नो एडिस जातकै लामखुट्टेले जीका भाइरस फैलाएको भन्दै नेपालमा पनि सतर्कता रहनुपर्ने बताए । उनले उपत्यका सहित तराईका जिल्लाहरुमा विशेष निगरानी गर्दै लामखुट्टे मार्ने अभियान सुरु गर्न लागिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *