बीर अस्पतालमा ‘हाइ स्ट्रेन्थ’को ‘१.५ टेस्ला’ एमआरआई मेसिन

mri1काठमाडौँ- मुलुककै सबैभन्दा जेठो अस्पताल बीर अस्पतालले अत्याधुनिक हाइ स्ट्रेन्थको ‘१.५ टेस्ला’ एमआरआई मेसिन जडान गरी सेवा सुरु गरेको छ । यस्तो अत्याधुनिक मेसिन नेपालका कुनै पनि सरकारी तथा गैरसरकारी अस्पताल( निजी बाहेक) मा छैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलव्ध गराएको ८ करोड ६१ लाख लागतमा खरीद गरिएको यो मेसिनले टाउकोको रगत जमेको , ब्रेन ट्युमर, ढाड मासु पेटको ट्युमर, गर्भवती महिला तथा पेटमा रहेको शीशुको अवस्थाको समेत स्क्यान गर्छ प्रयोग हुन्छ । त्यस्तै क्यान्सर र क्यान्सरजन्य रोगको समेत सहज पहिचान हुने बताइएको छ ।

यो एमआरआई मेसिन विकीरण मुक्त हो । म्याग्नेटसाइटिस अर्थात चुम्वकीय शक्तिद्धारा यसले स्क्यान गर्छ । यसैले मुटुमा पेशमेकर राखेका , टाउकोमा पेशमेकर राखेका,हड्डीमा मेटल राखेका वा धातुका बस्तु जडान गरेका व्यक्तिको भने एमआरआई गर्न मिल्दैन ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकलुपति प्राडा गणेश गुरुङले जनतालाई सहज ढंगले सेवा दिनका लागि अत्याधुनिक प्रविधि भित्रयाउने योजना अनुरुप एमआरआईमेसिन ल्याइएको बताए ।

उनले यसको सहज सञ्चालनका लागि हरेक विरामीबाट प्राप्त १० प्रतिशत रकम मर्मत खर्च कोषमा राखेर दीगो सेवा दिन लागिएको बताए । उनले दैनिक १५ जना विरामीको एमआरआई गर्न सक्ने भएपनि अहिले दैनिक औषत सात जना आउनसक्ने अनुमान गरेको बताए ।

अस्पतालका निर्देशक डा स्वयंप्रकाश पण्डितले आम जनतालाई सर्वसुलभ सेवा प्रदान गर्न सिटिस्क्यान तथा एमआरआई मेसिन सञ्चालनमा ल्याइएको बताए । उनले बाहिर १२ हजार बढी पर्ने एमआरआई बीरमा ७ हजार रुपैयामा हुने दावी गरे ।

यसैबीच शुक्रबार स्वास्थ्य मन्त्री रामजनम चौधरीले नयाँ मेसिनको सुभारम्भ गरे । उनले सो क्रममा आम सर्वसाधारणको स्वास्थ्य प्रति सरकार सम्वेदनशील रहेको भन्दै त्यसका लागि बीरमा अत्याधुनिक मेसिन ल्याइएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “बीर अस्पतालमा ‘हाइ स्ट्रेन्थ’को ‘१.५ टेस्ला’ एमआरआई मेसिन

  1. चितवनको क्यानसर अस्पतालमा त छ , त्यो नेपालमा पर्छ कि पर्दैन चै थाहा भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *