सफाई पाएका काउन्सिल सदस्यहरु १४ महिना पछि हाजिर

nmcकाठमाडौँ – भ्रष्टाचार मुद्दामा सफाई पाएका ८ जना सदस्यले बुधबार नेपाल मेडिकल काउन्सिलमा हाजिर भएका छन् । उनीहरु १४ पछि पुरानै काममा फर्केका हुन् ।

रुपन्देहीस्थित देवदह मेडिकल कलेज सम्बन्धन प्रक्ररणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० पुसमा काउन्सिलका ११ सदस्य सहित १७ जनालाई छानवीनको दायरामा ल्याएको थियो । अख्तियारको छानवीन पछि सदस्यहरु निलम्वनमा परेका थिए ।

अख्तियारद्धारा दायर रिटको अन्तिम सुनुवाई गर्दै गत १९ फागुनमा विशेष अदालतले सफाई दिएपछि उनीहरु बुधबार काउन्सिलको पूर्ण बैठकमा उपस्थित भएका हुन् । तत्कालिन ११ जना सदस्यले सफाई पाएपनि बुधबारको बैठकमा ८ जना मात्रै उपस्थित थिए ।

काउन्सिल स्रोतका अनुसार बुधबारको बैठकमा उपाध्यक्ष डा. ए इ अन्सारी, सदस्यहरु डा. मनोहर प्रधान, डा. शिवजी पौडेल, डा. अंकुर साह, , डा. रमेश सिंह, डा. रोशन पिया र डा. कुलदिप गोइत उपस्थित भएका थिए ।

सरकारका तर्फबाट नियुक्त भएका डा. निरज पन्त र डा. अनिल कुमार झाको स्थानमा नयाँ सदस्य नियुक्त भइसकेकोछ । अर्का सदस्य उपभोक्ता अधिकार कर्मी ज्योति बानिया राजिनामा बुझाएका छन् ।

 ज्योति बानियाले दिए राजिनामा 

उपभोक्ताका तर्फबाट पहिलो पटक मेडिकल काउन्सिलको सदस्य भएका अधिकारकर्मी ज्योति बानियाले सदस्य पदबाट राजिनामा बुझाएका छन् ।

सदस्य भएको केही महिनामै भ्रष्टाचारको आरोपमा छानवीनमा परेका थिए । १४ महिना पछि सफाई पाएपछि उनले काउन्सिल सदस्यबाट राजिनामा दिएका हुन् । यद्धपी काउन्सिलले उनको राजिनामा स्वीकृत गरिसकेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *