उच्च हिमाली ७ जिल्लामा दादुरा र रुवेला रोग विरुद्धको खोप भोलीबाट

mR V

काठमाडौँ – दादुरा र रुवेला रोग विरुद्धको खोप ( एमआर भ्याक्सिन)को चौथो चरणको अभियान बुधबार (भोली)बाट उच्च हिमाली ७ जिल्लामा सुरु हुँदैछ । ती जिल्लाहरुमा जुम्ला, हुम्ला, मुगु डोल्पा,मनाङ, मुस्ताङ र सोलुखुम्बु रहेका छन् ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार एमआर खोप अभियान पहिलो चरणमा भूकम्प अतिप्रभावित १४ जिल्लामा दिइएको थियो ।

भोलीबाट खोप सुरु हुने उच्च हिमाली ७ जिल्लामाहरुमा जुम्ला, हुम्ला, मुगु डोल्पा,मनाङ, मुस्ताङ र सोलुखुम्बु रहेका छन् ।

दोस्रो चरणमा सुदुरपश्चिम, मध्यपश्चिम विकास क्षेत्रका (उच्च हिमाली जिल्ला) बाहेक र पश्चिमाञ्चलका उच्च हिमाली तथा भूकम्प प्रभावित बाहेका गरी ३३ जिल्लामा अन्तिम चरणमा दिइएको थियो । तेस्रो चरणमा पूर्वाञ्चल र मध्यमाञ्चलका तराईका जिल्ला तथा उपत्यका गरी २१ जिल्लामा सञ्चालन गरिएको थियो । उच्च हिमाली जिल्लामा भने मौसम प्रतिकुलताका कारण खोप कार्यक्रम पछि सारिएको हो ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा अन्तर्गतका खोप शाखा प्रमुख मुकुन्द गौतमले यस अभियानमा ९ महिना देखी ५ बर्ष उमे समूहका करीब ३२ लाख बालबालिका खोपको दायरामा आउने बताए ।

उनले चौथो तथा अन्तिम चरणको खोप अभियान ३ चैतमा सुरु भई महिनाको अन्तिम सम्ममा पुरा हुने बताए । ‘हिमाली जिल्ला भएकोले मौसममा भर पर्दछ । त्यसैले सम्पन्न गर्न केही समय लाग्छ’ नेपाली हेल्थसंग उनले भने ।

देशका धेरै ठाउँमा एक पटक खोप लगाइसकेका बालबालिकामा फेरि पनि दादुरा र रुबेला देखिएकाले खोप लगाउन सरकारले अभिभावसँग आग्रह गरेको छ । सन् २०१९ सम्म नेपालबाट दादुरा र रुबेला निवारण गर्ने लक्ष्यका साथ सरकारले खोप अभियान थालेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *