ताप्लेजुङको जिल्ला अस्पतालमा पहिलो पटक एपेन्डीसाइटीसको अप्रेसन

t1

ताप्लेजुङ – फुङलिङ बजारकी २१ बर्षीया भीमा गुरागाई विहान ४ बजेबाट असैह पेट दुख्न थाल्यो । घरेलु उपचारको प्रयास गरिन् । केही छिनमा निको होला जस्तो मानिन तर भएन् ।

समय जति वित्दै जान्थ्यो दुखाई निको हुनुको सट्टा बढ्दै जान्थ्यो । खप्नै नसक्ने भएपछि मात्रै उनले परिबारमा संगै रहेका सासु ससुरालाई सुनाइन् । उनीहरुले पनि घरेलु उपचारको प्रयास गरे तर केही विशेक लागेन ।

असैह पेट दुखेर आत्तिएकी बुहारीलाई लिएर ससुरा विहान ८ बजे जिल्ला अस्पताल आइपुगे । आकस्मिक कक्षमा रहेका चिकित्सकले तत्काल पेनकिलर दिइहाले । पेनकिलरले केही छिनमै दुखाई कम गरयो । त्यहि मौकामा चिकित्सकले धमाधम जाँच गरिहाले । चिकित्सकहरुलाई एपेन्डीसाइटिसको शंका लाग्यो । तर उनी महिला भएको कारण भित्री जनन्द्रीयको समस्यालाई पनि सोच्नुपर्ने थियो । तत्काल भिडियो एक्सरे गरे । जनन्द्रीयमा समस्या नभएको पत्ता लाग्यो ।

चिकित्सकहरुले भीमा र उनका परिबारलाई एपेन्डिसाइटीसको समस्या भन्दै अप्रेसनको विकल्प नभएको बताए । तर भीमा र उनका ससुरा दोधारमा परे । नहुनपनि कसरी जिल्ला अस्पतालमा अहिलेसम्म एपेन्डीसाइटिसको अप्रेसन भएकै थिएन । तर ठूलो अस्पताल खोज्नका लागि झापा नझरी हुदैनथ्यो । अर्कोतर्फ झापा पुग्दासम्म एपेडिक्स फुटने हो की भन्ने डर पनि उत्तिकै थियो ।चिकित्सकहरुले भीमा र उनका परिबारलाई सम्झाए । पहिलो पटक नै भएपनि अप्रेसन सफल हुने विश्वास दिलाए । काम विशेषले झापा भीमाका श्रीमानलाई पनि टेलिफोनबाटै चिकित्सकले ढुक्क बनाए । त्यसपछि परिबार अप्रेसनका लागि राजी भयो । डा. उत्तम पच्या र उनको टोलीले भिमाको अप्रेसन विश्वास दिलाए जसरी नै सम्पन्न गरे । तेस्रो दिनमै उनी अस्पतालबाट डिस्चार्ज भइन् ।

चिकित्सा क्षेत्रका लागि एपेन्डीसाइटीसको अप्रेसन त्यति जटिल मानिदैन् । सामान्य खालकै अप्रेसन हो । तर ताप्लेजुङमा त्यो पहिलो पटक भएको थियो । त्यसैले ऐतिहासिक भयो । जिल्ला अस्पतालमा एपेन्डीसाइटीसको अप्रेसन भएको कुरा स्थानीय सञ्चारमाध्यमले समेत प्राथमिकताका साथ खबर प्रसारित गरे । सो अप्रेसनले जिल्लाभर चर्चा पायो ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमबाट एमबीबीएस र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सबाट जेनेरल प्राक्टिसमा एमडी गरेर गत मंसीरमा ताप्लेजुङ अस्पताल पुगेका थिए गुल्मी स्थायी निवासी डा. उत्तम । सो अप्रेसनका लागि डा.उत्तमको टोलीमा डा. गुरु पौडेल (एमबीबीएस नोवेल एकेडेमी) र डा. ललितजंग शाही (एमबीबीएस नेपालगञ्ज मेडिकल कलेज)ले साथ दिएका थिए । जिल्लामै पहिलो पटक भएको एपेन्डीक्सको सो अप्रेसनका लागि एनेस्थेसियामा जगत राजवंशी नर्स हाङ्गशु लिम्बु र सहयोगीको रुपमा इन्द्र बुढाथोकीले साथ दिएको डा. उत्तमले बताए ।

डा. उत्तमले दक्ष स्वास्थ्यकर्मीको टीमवर्कले नै ताप्लेजुङजस्तो दुर्गम स्थानको अस्पतालमा पनि सफलतापूर्वक सफल भएको बताए । उनले गतवर्ष देखी साधारणरुपमा सुत्केरी हुन नसक्नेका लागि अप्रेसनद्धारा गरिने सिजरियन सुरु गरेको र अहिले त्यसको चाप अत्यन्त बढी भएको बताए । उनले गतवर्षको तुलनामा यो बर्ष पहिलो छ महिनामै दोब्बर बढी भएको बताए । उनले आफ्नो अस्पतालमा तत्कालै जनरल सर्जरी अन्तर्गत हाइड्रोशिल र हर्नियाको अप्रेसन गर्ने योजना रहेको सुनाए ।

 

t3
उपचार पछि सामुहिक फोटो खिचाउदै विरामी भिमा (रातो स्वीटर) र चिकित्सक टोली
t2
ताप्लेजुङको जिल्ला अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *