आइओएमका लागि नयाँ डीन छनौट गर्न त्रिविले बनायो ‘सर्च कमीटी’

TU

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले झण्डै डेढ महिना देखी रिक्त चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को नयाँ डिन छनौट गरी सिफारिस गर्न त्रिवि व्यवस्थापन संकायका प्राडा पुष्कर बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । गत शुक्रबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले समिति गठन गरेको हो ।

त्रिवि उपकुलपति प्राडा तिर्थ खनियाका अनुसार समितिका अन्य सदस्यमा आइओएमका  प्राडा दिनेश काफ्ले र डा. लक्ष्मीनाथ शर्मा रहेका छन् ।

उपकुलपति प्राडा खनियाले समितिले प्राथमिकताको क्रममा तीन जना व्यक्तिको नाम सिफारिस गर्ने र सो मध्येबाट एक जनालाई त्रिवि कार्यकारीपरिषदले निर्णय गर्ने बताए । उनले नयाँ डीन क्षमता बरिष्ठता तथा सर्वस्वीकार्य व्यक्तिको छनौट हुने दावी गरे ।

बरिष्ठताको आधारमा पदाधिकारी नियुक्ति हुनुपर्ने भन्दै प्राडा गोविन्द केसी अनसन बसिरहेको प्रसंग कोट्याउदा उपकुलपति प्राडा खनियाले बरिष्ठताको क्राइटएरिया धेरै हुने भएकोले सबैभन्दा पहिले जागिर खाएकोले मात्रै पाउने भन्ने नहुने बताए ।

बरिष्ठताको आधारमा आइओएममा डीन बनेका प्राडा राकेश श्रीवास्तवले दिएको राजिनामा गत २२ माघमा स्वीकृत भएपछि निमित्त डिनको रुपमा प्राडा विमल सिन्हाले काम काज चलाउदै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *