एक १७ बर्षीया किशोरी, जसको आँखा र कानबाट रगतको धारा बग्छ ….

12
मार्नी–रे हार्भे

एजेन्सी – बेलायतकी एक १७ बर्षीया किशोरी मार्नी–रे हार्भेको आँखा र कानबाट रगत बगिरहने समस्या छ । तर डाक्टरहरुले अहिलेसम्म यसको कारण पत्ता लगाउन सकेका छैनन् ।

उनमा देखिएको अनौठो स्वास्थ्य समस्याको कारण र उपचारका लागि अस्पतालले आँखा विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, रगत विशेषज्ञ (हेमाटोलोजी), स्नायुरोग विशेषज्ञको टोली गठन गरेको धेरै नै भइसक्यो तर कारण पत्ता लगाउन सकेको छैन ।

हार्भे भन्छिन्, ‘जब मेरो आँखाभित्रबाट रगत आउछ यसले मलाई पोल्छ, आँखाको नानी रगतले ढाकिन्छन् र मैले देख्न सक्दिन ।’ पत्ता लाग्न नसकेको यो रोगले आँखा मात्र नभई कान, नाक, गिजाँ, तालु, नङ तथा जिब्रामा पनि असर गर्ने गरेको उनको भनाई छ ।

हार्भेमा आँखा र कानबाट रगत आउने समस्या सन् २०१३ को मार्च महिनाबाट सुरु भएको थियो । उनले एक दिन खोक्दा रगत आएको थियो । खोकीमा रगत आउने क्रम करीव २ बर्ष सम्म चल्यो । २०१५ को जुलाइको एक दिन सुतिरहेको बेला रातीमा उनले आफ्नो अनुहार रगताम्मे भएको पाइन् । उनको आँखाबाट रगत आईरहेको थियो ।

यस्तो डरलाग्दो केस भेटेको अभिभावकले तत्काल एम्बुलेन्स बोलायो र अस्पताल पुरयायो तर तेतीबेलासम्म उनको रगतले छोपिएको आँखाको नानी पुन सेतो र पुरानै अवस्थामा आइसकेको थियो । रगत परिक्षण गराइयो तर त्यसमा पनि कुनै खराबी भेटिएन त्यसको करीव २ हप्तासम्म हरेक दिन उनको आँखाबाट रक्तश्राव भइरह्यो ।13

परीक्षणको क्रममा कमजोर रोग प्रतिरक्षा शक्तिबाहेक अरु केही फेला पर्न सकेन । रगतको आँशु आउने रोगलाई चिकित्सा बिज्ञानको भाषामा हेमोलेक्रिया भनिन्छ । चिकित्सकहरुले यही रोगको आशंका गरी परीक्षण अघि बढाएका थिए तर त्यो रोग समेत नभएको पुष्टी भएको छ ।
हार्भे भन्छिन्, ‘म एकदमै कम शक्ति भएको महसुस गर्छु । हात खुट्टा दुखिराख्छन् । खासगरी ५ मिनेटसम्म रक्तश्राव हुने गथ्र्यो र गत १२ दिनदेखि आधा घन्टादेखि १ घन्टासम्म रक्तश्राव हुने गरेको छ ।’

अहिलेसम्म ठोस कारण पत्ता नलागेपछि चिकित्सकहरुले प्रोस्टाप–३ नामक इन्जेक्सन नियमित रुपमा दिन सुरु गरेका छन् । प्रोस्टाप–३ ले पाठेघरको काम ठप्प गर्छ र भविष्यमा उनलाई बाँझो बनाउने अत्यधिक सम्भावना हुन्छ ।

हार्भे आफै पनि भविष्यको चिन्ताभन्दा पनि अहिलेको यो समस्या हल गर्नु एकदमै जरुरी रहेको मान्छिन् ।अप्रिल १५ सम्म उनलाई यही इन्जेक्सन दिइराखिनेछ । चिकित्सक तथा हार्भे त्यतिबेला सम्म यसको प्रभाव र नतिजा के आउँछ त्यसैको प्रतिक्षामा छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *