बाग्लुङमा हात्तीपाइले जोखिम कायमै, ६ राउण्डको औषधिले नभेटेपछि दुई बर्ष थप

hattipaileबाग्लुङ – पश्चिमाञ्चल क्षेत्रको पहाडी जिल्ला बाग्लुङमा हात्तीपाइले रोगको जोखिम कायमै देखिएको छ । लगातार ६ पटक सम्म चलाइएको आम औषधि सेवन कार्यक्रमबाट समेत नयाँ विरामी पत्ता लाग्ने दरमा कमी नभएपछि  आम औषधि सेवन कार्यक्रम थप दुई बर्ष थपिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले अमलाचौर गाविसका तीन सय व्यक्तिमा रगत जाँच गर्दा नौ जनामा हात्तीपाइलेको परजीवी भेटिएपछि औषधि सेवन कार्यक्रमको अवधी थप भएको हो । सामान्यत ६ राउण्ड औषधी चलाएपछि त्यस क्षेत्रमा हात्तीपाइलेको जोखिम निवारणको अवस्थामा पुग्ने मानिन्छ । यद्धपी परीक्षणका क्रममा नयाँ केश २ प्रतिशत भन्दा कम हुनुपर्छ ।

जिल्ला जनस्वास्थ्य कार्याल्यका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले परीक्षणका क्रममा दुइ प्रतिशत भन्दा बढी केश भेटिएपछि आम औषधि सेवन कार्यक्रम थप गरिएको बताए । उनले आम औषधि कार्यक्रमप्रति कतिपयले विश्वाश नगरी औषधि नखाँदा समस्या भएको बताए ।

सरकारले सन् २०२० मा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य अनुसार प्रभावित जिल्लाहरुमा आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही अनुसार यसपटक शनिबार देखी सोमबारसम्म देशका ३६ जिल्लामा १ करोड तीस लाख जनतालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउदैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *