निजी अस्पतालबाट काटिएको ‘डेडिकेटेड फिडर’ जोडन सरकारलाई ७२ घण्टाको अल्टिमेटम

NMA Pressmeetकाठमाडौँ – नेपाल चिकित्सकसंघले निजी अस्पतालबाट काटिएको डेडिकेटेड फिडर लाईन जोडन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ । उसले सो अवधीमा लाइन नजोडिए ओपिडी सेवासमेत बन्द गरी देशव्यापी आन्दोलनमा जाने घोषणा गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले माथिको आदेश भन्दै फागुनको पहिलो साता देखी देशभरका निजी अस्तपालको डेडिकेटेड फिडर काटन थालेको थियो ।

स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगहरुमा दिइदै आएको २४ घण्टे विद्युत वितरण हुने पद्धती डेडिकेटेड फिडर काटनु भन्दै उर्जा मन्त्रालयलाई निर्देशनात्मक आदेश दिएपछि मन्त्रालयले प्राधिकरणलाई लाइन काटन निर्देशन दिएको थियो ।

स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगहरुमा दिइदै आएको २४ घण्टे विद्युत वितरण हुने पद्धती डेडिकेटेड फिडर काटनु भन्दै उर्जा मन्त्रालयलाई निर्देशनात्मक आदेश दिएपछि मन्त्रालयले प्राधिकरणलाई लाइन काटन निर्देशन दिएको थियो ।

तर चौविस घण्टा चल्ने अप्रेसन थिएटर, आइसियु, सिसियु तथा भेन्टिलेटर जस्ता कक्षका लागि लगातार विद्युत आपूर्ति हुनुपर्छ । ती कक्षमा विद्युतमा हुने गडबढीले उपचाररत विरामीको तत्काल मृत्यु हुनसक्छ ।

यहि सम्बेदनशीलता प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउन र फिडर काटने निर्णय तत्काल फिर्ता गराउन गत २१ फागुनमा चिकित्सकसंघको नेतृत्वमा सरोकारवाला सम्मिलित टोली बालुवाटार पुगेको थियो । उक्त टोलीसंग प्रधानमन्त्री ओलीले काटिएको लाइन २४ घण्टा भित्र जोडिने आश्वासन दिएका थिए । तर अहिलेसमम सो आश्वासनको कार्यान्वयन भएको छैन् ।

संघले शनिबार ( आज ) पत्रकार सम्मेलन गर्दै २४ घण्टे आश्वासन एक सातासम्म पनि कार्यान्वयन नहुनु दुखद भएको बतायो । उसले अबको ७२ घण्टा भित्र डेडिकेटेड फिडर नजोडिए देशव्यापी आन्दोलनमा उत्रने र त्यसबेला ओपिडी सेवा समेत बन्द हुनसक्ने चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डा अञ्जनीकुमार झाले स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा यसरी विद्युत कटौती गरेर सरकारले नन्सेन्स व्यवहार देखाएको बताए । उनले सम्माननीय व्यक्तिहरुले जनघाती निर्णय गर्दै गएको भन्दै संघ चुप लागेर नबस्ने बताए । स्वास्थ्य क्षेत्रलाई अरु उद्योगसंग तुलना गर्न नमिल्ने भन्दै झा ले स्वास्थ्य जस्तो कुरामा प्रधानमन्त्रीले समेत झ्याली गर्छन भने कसको कुरा विश्वास गर्ने भन्ने प्रश्न गरे ।

एक प्रसंगमा ७० प्रतिशत जनताको उपचार धानेको निजी अस्पतालहरुमा यति धेरै समस्या हुँदा स्वास्थ्य मन्त्री र सचिव मौन बसेको भन्दै उनीहरु दुबैलाई कुम्भकर्णको संज्ञा दिए ।

न्युरो अस्तपालका सञ्चालक तथा बरिष्ठ सर्जन प्राडा उपेन्द्र देवकोटाले विरामीको उपचार गर्ने निकायको राज्यले अत्यावश्यक र सम्वेदनशील क्षेत्रमा खेलवाड गरिरहेको भन्दै विद्युत कटौती गर्नु अन्तराष्ट्रिय मानवअधिकारको उल्लङगन भएको बताए । उनले पुनरावेदन अदालतले समेत फिडर नकाटियोस भन्दै आदेश दिइसकेको बेला प्राधिकरणले लाइन नजोड्नु अदालतको आदेशको समेत अपमान भएको बताए ।

ओम अस्पतालका डा. हरिकिशोर श्रेष्ठले आइसियु सिसियु, भेन्टीलेटर र अप्रेसन थिएटरमा मिनेट भर जाने लाइनले विरामीको स्वास्थ्य नै तलमाथि हुनसक्ने भन्दै यस्तो गम्भीर र सम्वेदनशील क्षेत्र अस्पतालमा हचुवाको भरमा लाइन काटिएको आरोप लगाए ।

कान्तिपुर जनरल हस्पिटल एण्ड डेन्टल कलेजका सञ्चालक डा बुद्धिमान श्रेष्ठले यो देशमा प्रधानमन्त्री भन्दा माथिल्लो कार्यकारी कोही नभएको भन्दै एक दिनमा हुन्छ भनेर एक हप्ता सम्म लाइन नजोडिनु दुखद रहेको बताए । उनले दैनिक १२ घण्टा बढी लोडसेडिङ हुने मुलुकमा जेनेटर चलाएर आइसियु सिसियु भेन्टिलेटर सेवा दिन नसकिने भन्दै राज्यले गम्भीर भएर सोच्नु पर्ने बताए ।

कार्यक्रममा ग्राण्डी अस्पताल, नर्भिक, काडमाडौँ मोडल हस्पिटलका प्रतिनिधिले धारणा राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *