फिजिसियनहरुको राष्ट्रिय सम्मेलन चितवनमा सुरु

confreceचितवन – ‘मिर्गौला जोगाउँ जीवन बचाउँ’ भन्ने नाराका साथ नेपालका फिजिसियन चिकित्सकहरुको दोस्रो राष्ट्रिय सम्मेलन चितवनमा सुरु भएको छ । ‘नेशनल कन्फ्रेन्स अफ सोसाइटी अफ् इन्टरनल मेडिसिन अफ नेपाल’ नाम दिइएको उक्त सम्मेलन यसपटक मिर्गौला रोगको विषयमा केन्द्रित रहेको छ ।

विश्व मिर्गौला दिवस परेकाले यसपटक सम्मेलन मिर्गौलारोगको रोकथाम र उपचारमा केन्द्रीत हुने सम्मेलनका सहभागी एवं बरिष्ठ फिजिसियन डा. भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

सम्मेलनमा भाग लिन देशभरका २५० बढी फिजिसियन चितवन आइसकेका छन् । त्यस्तै भारत र अमेरिकाबाट समेत केही फिजिसियन चिकित्सकहरु चितवन आइपुगेको आयोजकले जनाएका छन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ५० भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् । डा. बस्नेतका अनुसार अधिकांश कार्यपत्र मिर्गौलाको अवस्था यसको रोकथाम र उपचारमा केन्द्रीत रहनेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *