तीनसयको उपचार आफै गर्न नसक्ने पनि सांसद !

CAकाठमाडौँ – नेपाली काँग्रेसका सांसद बलदेव बोहराले संसद सचिवालयबाट उपचारमा खर्च भएको तीन सय ५५ रुपैयाँ बील पेश गरी बुझेका छन् । त्यस्तै काँग्रेसकै मिठु मल्लले पाँच सय ३० रुपैयाँका दरले चार पटक उपचार खर्च लगेको सचिवालयले जनाएको छ ।

एमाओवादी सांसद तथा हालका कृषिमन्त्री हरिबोल गजुरेलले सात सय रुपैयाँ बुझेको सचिवालयको विबरणमा उल्लेख छ । जवकी यी माननीयहरुको आम्दानी मासिक ७० हजार भन्दा बढी हुन्छ ।

उता अर्का सांसद प्रेमकिशोर साहले भने पाँचपटक गरी ५ लाख ९४ हजार ८९० रुपैयाँ बुझेका छन् ।

दोस्रो संविधानसभाको निर्वाचन पछि बनेका ६०१ सांसद मध्ये १५९ जना सांसदले उपचार खर्च बुझेका छन् । त्यसका लागि सरकारको ५४ लाख ५९ हजार रुपैयाँ खर्च भएको छ ।

एउटैले नौ पटकसम्म बुझे

दोस्रो संविधानसभाका केही सांसदहरुले माघ मसान्त सम्म नौ पटकसम्म उपचार खर्च बुझेका छन् । उद्योगराज्य मन्त्री समेत रहेका सांसद मेघरज नेपाली निषाधले नौ पटक गरी ३ लाख ३७ हजार ७१३ रुपैयाँ, भुपेन्द्र थेवेले आठ पटकगरी १ लाख ४ हजार ९५२ रुपैयाँ , अकवल महमद शाहले सात पटक गरी ४ लाख २३ हजार ८४० रुपैयाँ उपचार खर्च बुझेका छन् ।

त्यसैगरी दीपनारायण साहले ६ पटक गरी ८० हजार ८१७ रुपैयाँ, डिलबहादुर नेपालीले पाँच पटक गरी ४ लाख १३ हजार ८०२ रुपैयाँ, रामअवतार पासवानले पाँच पटक, प्रेमकिशोर प्रसाद साहले पाँच पटकगरी ५ लाख ९४ हजार ८९० रुपैयाँ, तुलबहादुर गुरुङले पाँच पटक ३ लाख ७१ हजार २४४ रुपैयाँ, जुठबहादुर टुहुरेले चारपटक गरी ६५ हजार ६१३ रुपैयाँ उपचार खर्च बुझेका छन् ।

सांसदको उपचार खर्च सम्वन्धी ऐनमा के छ ?

संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धीऐन २०५२को दफा १६ को उपदफा १ मा सांसदको उपचारको व्यवस्था छ ।

त्यसमा भनिएको छ, ‘अस्पतालमा उपचार गर्नुपर्ने भनि सचिवालयको चिकित्सकले सिफारिस गरेको संसदका पदाधिकारी वा सदस्यले अस्पतालमा उपचार गराउँदा लागेको बिल बमोजिम खर्च संसद सचिवालयले व्यहोर्ने छ । तर आकस्मिक भर्ना वा उपत्यका बाहिरका अस्पतालमा उपचार गराउनुपरेमा सचिवालयको चिकित्सकको सिफारिस आवश्यक पर्ने छैन् ।’

  • आजको नयाँ पत्रिका दैनिकमा रामकृष्ण अधिकारीले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “तीनसयको उपचार आफै गर्न नसक्ने पनि सांसद !

  1. सरकारी सुविधा हो पाउदा सम्म कसले पो छोड्छ । ७० हजार कमाएको भएपनि तीन सय खर्च गर्नुपरयो भने त ६९७०० हुन्छ नि , त्यसैले छोडदैनन् हो छोडदैनन् । पत्रकारले टाउको नदुखाए हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *