२३ बुँदे बुटवल घोषणापत्र जारी गर्दै सकियो स्वास्थ्यकर्मी युनियनको भेला

बुटवल – नेपाल स्वास्थ्यकर्मी युनियनको मंगलबार सम्पन्न केन्द्रीय परिषद् भेलाले २३ बुँदे बुटवल घोषणापत्र जारी गरेको छ ।

भेलापछि आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय परिषद्का अध्यक्ष भगिरथ बाँनियाले सरकारले स्वास्थ्य संस्थाबाट नि।शुल्क प्रदान गर्ने ७० प्रकारका गुणस्तरीय औषधि सबै ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पठाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयसँग माग गरे ।

उनले निशुल्क औषधिहरुको गुणस्तरमा बेला बेलामा प्रश्न उठने गरेको भन्दै पटक पटक परीक्षण गरेर मात्रै वितरणको व्यवस्था गर्नुपर्ने बताए । सरकराले गर्भवती महिलाका लागि आइरन चक्की, मुटु, दम, भाइरल आदिका औषधि वितरण गरेपनि ती औषधिको गुणस्तरमा एक पटक परीक्षण गरेर मात्र नहुने र विभागबाट पटकपटक परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाई थियो ।

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अत्यन्तै कम औषधि अन्तिमतिर पठाउँदा म्याद सकिने बेलामा पुग्ने भएकाले स्वास्थ्यकर्मीलाई काम गर्न कठिन भएको बताए ।

नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय अध्यक्ष उज्वलकुमार शर्माले स्वास्थ्य सेवामा देखिएको पदस्थापना समस्या सधैका लागि निराकरण गरी प्रवेश सङ्ख्या र स्तरवृद्धि तथा पदस्थापनाका लागि ऐन संशोधन गर्न माग माग गरे ।

नेपाल स्वास्थ्यकर्मी युनियनका देशभर ६२ जिल्ला शाखा रहेका छन् । भेलामा ती जिल्लाबाट अध्यक्ष र सचिव सहित अन्य दुई जना पर्यवेक्षकको उपस्थिति सहभागी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *