११ हजार हाइड्रोसिल पिडीतको नि:शुल्क अप्रेसन गर्दै सरकार

OLYMPUS DIGITAL CAMERA

काठमाडौँ  – सरकारले देशभरका हाइड्रोसिल  ( अण्डकोषमा पानी जन्मे अवस्था ) पिडीत पुरुषको निशुल्क अप्रेसन गरिदिने तयारी थालेको छ । हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत हाइड्रोसिलको निशुल्क अप्रेसन गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसबर्ष ११ हजार बढीको निशुल्क अप्रेसन गर्ने तयारी भएको छ । महाशाखाले विगतमा हात्तीपाइले रोग देखिएका उच्च हिमाली क्षेत्रमा पर्ने बाहेकका ६३ जिल्लामा यो अभियान सुरु गर्ने तयारी गरेको हो ।

महाशाखाले गतवर्ष कपिलवस्तु, बर्दिया र कैलालीमा नमूना कार्यक्रमको रुपमा यो अभियान सुरु गरेको थियो । त्यतिबेला तीन जिल्लामा ६४१ जना हाइड्रोसिलपिडीतले निशुल्क अप्रेसनको फाइदा लिएका थिए । नमूना अभियान प्रभावकारी देखिएपछि महाशाखाले यसबर्ष ६३ जिल्लामै यो अभियान सुरु गर्न लागेको हो ।

महाशाखाले गतवर्ष कपिलवस्तु, बर्दिया र कैलालीमा नमूना कार्यक्रमको रुपमा यो अभियान सुरु गरेको थियो । त्यतिबेला तीन जिल्लामा ६४१ जना हाइड्रोसिलपिडीतले निशुल्क अप्रेसनको फाइदा लिएका थिए । नमूना अभियान प्रभावकारी देखिएपछि महाशाखाले यसबर्ष ६३ जिल्लामै यो अभियान सुरु गर्न लागेको हो ।

महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले अभियानका लागि जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल, मेडिकल कलेज तथा मिसन अस्पतालहरु छनौट गरिएको बताए । उनले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रिफरल सेन्टरको रुपमा तोकिएको जानकारी दिए ।

अप्रेशन गर्ने अस्पताललाई प्रति अप्रेसन ५ हजारको दरले रकम उपलव्ध गराउन लागिएको डा. मरासिनीले बताए । यो अभियानमा जुनसुकै जिल्लाका व्यक्तिले जुनसुकै स्थानको तोकिएको अस्पतालमा गएर उपचार गराउन पाउछ ।

विश्व स्वास्थ्य संगठनको तर्फबाट महाशाखामा प्रावधिक सहयोग पु¥याइरहेका डा. केशव कुमार योगीले हात्तीपाइले रोगकै समूहमा पर्ने हाइड्रोशीलको समस्या पनि उत्तिकै देखिएपछि यसको उपचार सुरु गरिएको बताए ।

उनले हात्तीपाइले रोगको समस्या देखिनुको प्रमुख कारण हाइड्रोशील समेत भएको भन्दै यसको उपचारलाई विशेष व्यवस्था गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *