१ करोड ३० लाख जनतालाई हात्तीपाइलेको औषधी खुवाईदै

hattipaile

काठमाडौँ – सरकारले यो वर्ष १ करोड ३० लाख जनतालाई हात्तीपाइले (फाईलेरिया) रोग विरुद्धको औषधि खुवाउने भएको छ । हात्तिपाइले ( फाईलेरिया) रोग निवारण कार्यक्रम अन्तर्गत आगामी २९, ३० फागुन र १ चैतमा देशका ३६ जिल्लाका जनतालाई औषधी खुवाउन लागिएको हो । यद्धपी ३६ मध्ये उदयपुर र मोरङमा भने गत शुक्रबार देखी आजसम्म औषधी खुवाउने कार्यक्रम रहेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका अनुसार २ वर्ष माथिका व्यक्तिलाई डीइसी ( डाइथाइल कार्विामाजिन) चक्की र अबलेन्डाजोल चक्की खुवाउन लागेको हो ।

नेपालका उच्च हिमाली क्षेत्रमा पर्ने १४ वटा जिल्ला बाहेक सबै जिल्लाहरु हात्तिपाईले जोखिमयुक्त जिल्ला हुन् । यद्दपी ६ वर्षको नियमित औषधि पछि अहिले २५ जिल्लामा औषधि खुवाउने कार्यक्रम सकिएको छ ।

नेपालका उच्च हिमाली क्षेत्रमा पर्ने १४ वटा जिल्ला बाहेक सबै जिल्लाहरु हात्तिपाईले जोखिमयुक्त जिल्ला हुन् । यद्दपी ६ वर्षको नियमित औषधि पछि अहिले २५ जिल्लामा औषधि खुवाउने कार्यक्रम सकिएको छ ।

महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले नेपालमा हात्तीपाइले रोगको परजिबीको संक्रमणदरमा १३ प्रतिशत देखिएको बताए । उनले हाल ३२ हजार भन्दा बढी विरामीहरु सम्पर्कमा आएको बताए ।

क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट ३५ लाख नेपालीहरु प्रभावित भएका छन् । लामखुट्टेबाट उचेरेरिया बाक्रोङ्खटी, बु्रजिया मालायी र बु्रजिया टिमोरी जस्ता जिवाणु मानिसको रगतमा फैलिएपछि यो रोग लाग्ने गर्छ ।

सन् २०२० सम्ममा नेपाल संगै विश्वभरबाट हात्तिपाईले रोग निवारण गर्ने लक्ष्य लिएकोले नेपालले समेत वर्षेनी औषधि खुवाउने खुवाउदै नया“ रोगी नबढाउने बताए । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले विश्वका ८३ देशमा १२ करोड भन्दा बढी व्यक्तिहरु यो रोगबाट प्रभावित भएको र एक अर्व भन्दा बढी मानिसलाई लाग्न सक्ने सम्भावना रहेको बताएको छ ।

हात्तिपाईलेलाई ज्यानमारा रोग मानिदैन यद्दपी यसको संक्रमणले मानिसहरुको अंगभंग हुने गर्छ । डा मरासिनी भन्छन्, ‘यसको संक्रमणले ज्यानै जादैन तर संक्रमण पछि यसको उपचार समेत सम्भव छैन । हात, खुट्टा मोटो हुने , महिलाहरुको स्तन, पुरुषहरुको अण्डकोषसमा यसको बढी असर देखिने गरेको छ ।

ज्वरो आउनु, शरीरमा कम्पन हुनु, गीर्खा आउनु, पुरुषको अण्डकोको वरपरका नसा फुल्नु, अण्डकोष ठूलो हुनु, महिलाको स्तन तथा यौनाङग सुन्निनु दुख्नु यसको लक्षण हो ।

कुन कुन जिल्लामा खुवाईदै छ औषधि ?

भोजपुर, इलाम, झापा, धनकुटा, तेह्रथुम, ओखलढुंगा, पाँचथर, सप्तरी, सिरहा, सुनसरी, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, रोल्पा, रुकुम, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कंचनपुर, अछाम, बझाङ, बाजुरा र दार्चुला छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *