पक्राउ परेका औषधी उद्योगी रिहा , विरोधका कार्यक्रम स्थगित

काठमाडौँ – अनुगमनका क्रममा शुक्रबार पक्राउ परेका लोमस फर्मास्यूटिकल्स र देउराली जनता फर्मास्यूटिकल्सका दुई दुई जना सञ्चालक रिहा भएका छन् । महानगरीय प्रहरीले शनिबार राती उनीहरुलाई रिहा गरेको हो ।

शनिबारसम्म रिहा नगरे आइतबारबाट औषधी उत्पादन बन्द गरि देशव्यापी हडतालमा उत्रने उद्योगीको चेतावनी दिएपछि प्रहरीले शनिबार राती नै रिहा गरेको हो । रिहा भएसंगै उद्योगीहरुले पूर्वघोषित कार्यक्रम फिर्ता लिएका छन् ।

प्रहरीले तोकिएको मूल्य भन्दा बढीमा औषधी विक्री गरेको भन्दै शुक्रबार लोमसका प्रज्वलजंग पाण्डे र प्रबलजंग पाण्डे तथा देउराली जनताका निगमराज अधिकारी र महाप्रबन्धक निलराज आचार्यलाई पक्राउ गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *